नुवाकोट बारका निबर्तमान अध्यक्ष कडेलमाथी अदालत परिसरमै हातपातको प्रयास

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ पौष २९, विहिबार

देवराज कडेल, जिल्ला अदालत बार एसोसियसन, हिता थापा

नुवाकोट जिल्ला अदालत बार एसोसियसनका निबर्तमान अध्यक्ष एवं अधिबक्ता देवराज कडेललाई कुटपिट गर्न खोज्नेप्रति जिल्ला अदालत बार एसोसियसनले खेद प्रकट गरेको छ । 
बिहिबार अदालत परिसरमै कडेलमाथी अनैतिक गालीगलौजका साथ हातपातको प्रयास भएको जारी गरीएको प्रेश विज्ञप्तिमा जनाईएको छ । 
बेलकोटगढी नगरपालिका वडा नम्बर १३ घर भै हाल काठमाडौ बस्ने हिता थापाले आफु बिरुद्ध बहस गरेको बिषयलाई लिएर हातपातको प्रयास गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । 
पक्षको प्रतिनिधित्व गरी वहस पैरवी गर्ने कानुन व्यवसायीको कर्तव्य एवं स्वच्छ सुनुवाईको हकप्रति सचेत रहन र आगामी दिनमा त्यस्ता घटनाहरु नहुन र नदो¥याउन सचेत गराउँदै घटनाप्रति नुवाकोट जिल्ला अदालत बार एसोसियसनले खेद प्रकट गरेको छ ।