अन्यौलता : विद्यालय बन्द गर्ने की सुचारु ??

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ पौष २९, विहिबार

विद्यालय, विदुर नगरपालिका, देवकुमार वराल

नुवाकोटमा विद्यालय बन्द गर्ने वा सुचारु गर्ने भन्ने विषयमा अन्यौलता देखिएको छ ।
शिक्षा मन्त्रालयले विद्यालय वन्द गर्न निर्देशन दिएको छ भने केहि स्थानीय तहले विद्यालय सुचारु राख्न । जिल्लाको १२ वटा स्थानीय तहमध्ये विदुर नगरपालिकाले विद्यालय सुचारु राख्न निर्देशन दिएको छ निर्देशन दिएको छ । विदुर नगरपालिकाले वुधवार शिक्षा समितिको बैठक बसी विद्यालय सुचारु राख्न निर्णय गर्दै निर्देशन दिएको हो । मन्त्रालयले सोमवार नै सूचना गरेकोले धेरैजसो विद्यालय बन्द भइसकेका थिए । 
बेलकोटगढीले वुधवार दिउँसो मात्र विद्यालय वन्द गर्न निर्णय ग¥यो । केहि पालिकाले कुनै निर्णय नगरेपनि शिक्षा मन्त्रालयको निर्देशनसँगै विद्यालयहरु बन्द रहको छ । मन्त्रालय र स्थानीय तहको निर्णय बाँझिदै गर्दा विहिवार दिउसो शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले थप अर्को विज्ञप्ती जारी गर्दै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । 
इकाई प्रमुख देवकुमार वरालद्धारा जारी विज्ञप्तीमा विद्यार्थीको स्वास्थ्य सुरक्षा तथा वचावटको विषयलाई ध्यान दिदै विद्यालय बन्द गर्न मन्त्रालयले दिएको निर्देशन पालना गर्न अनुरोध गरिएको छ ।
यसअघि, बुधवार विदुर नगरपालिकाको शिक्षा समिति बैठकले विदुरमा कोरोना संक्रमणको अवस्था सामान्य रहेको र माघ १० भित्र सम्पूर्ण विद्यार्थीले कोरोना विरुद्धको खोप पाउने भएकोले सुरक्षा मापदण्ड पालना गर्दै विद्यालय चलाउन निर्देशन दिएको थियो ।
देशभरका विद्यार्थीहरूले पूर्ण रुपमा खोप नलगाएको र संक्रमण बढ्दै गएकोमा रोकथामका लागि उक्त सिफारिस गरिएको सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । मन्त्रालयले हिउँदे विदा नहुने जिल्लाहरुमा वर्षे विदामा मिलान गर्ने गरी विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।