बेथिती र भ्रष्टाचार मौलाएको बेलकोटगढीको कार्यसम्पादन पनि कमजोर  

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ फाल्गुन २३, सोमबार

बेलकोटगढी नगरपालिका, बृद्धभत्ता, राजेन्द्ररमण खनाल, प्राकृतिक स्रोत तथा वित्त आयोग

सामुदायिक बिद्यालयको रकम हिनामिना देखी बर्षौसम्म बृद्धभत्ता बितरण नगरी ७० बर्ष उमेर कटेका बृद्धबृद्धालाई दुख दिएका मेयर राजेन्द्ररमण खनालको बेलकोटगढी नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा  कमजोर भएको छ । खेलकुद मैदान निर्माणका लागी बागमती प्रदेश सरकारले दिएको २५ लाख रुपैयाँको सम्झौता नगरेपछि कार्यालय घेराउ गर्न पुगेका स्थानियलाई छलेर भागेका मेयरको नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा  कमजोर देखिएको हो । 
सडक निर्माण, खेलकुद मैदान निर्माण, किसानलाई बितरण गरिने अनुदानको औजार सामग्रीहरुको भ्रष्टाचारमा मुछिएर चर्चा कमाएका  खनाल १ बर्षसम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेर ‘प्रसिद्धी’ कमाउँदै पटक पटक लफडामा फस्दै आएका छन् ।
१२ स्थानीय तह मध्ये दुई नगरपालिका रहेको नुवाकोटमा बेलकोगढी नगरपालिकाको कार्यसम्पादन मूल्याङ्कन कमजोर देखिएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन अनुसार विदुर नगरपालिकाले ५४ दशमलव ९४ अंक प्राप्त गर्दा बेलकोटगढीले वेलकोटगढी नगरपालिकाले ४७ दशमलव ९३ अंक मात्र प्राप्त गरेको छ । १२ स्थानीय तहमा १० औ नम्बरमा बेलकोटगढी नगरपालिका रहेको छ । सूर्यगढी गाउँपालिकाले ६३ दशमलव ३९ अंक प्राप्त गरी सबैभन्दा बडी अंक ल्याएको छ । गाँउपालिकाको तुलनामा समेत बेलकोटगढी नगरपालिका कमजोर देखिएको छ । 
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन सूचक मूल्याङ्कनबाट प्राप्त अङक र तथ्याङ्क सार्वजनिक गरेको हो । सार्वजनिक तथ्यांक अनुसार ककनी गाउँपालिकाले सबैभन्दा कम अंक प्राप्त गरेको छ । ककनी गाउँपालिकाले ४७ दशमलव ६० अंक प्राप्त गरेको उक्त तथ्यांकमा उल्लेख छ । 
यस्तै दुप्चेश्वर गाउँपालिकाले ४८ दशमलव ५४, तादी गाउँपालिकाले ४७ दशमलव ८१, विदुर नगरपालिकाले ५४ दशमलव ९४, किस्पाङ गाउँपाालिकाले ५३ दशमलव १५, म्यागङ गाउँपालिकाले ५८ दशमलव ३५, तारकेश्वर गाउँपालिकाले ५२ दशमलव ५८, वेलकोटगढी नगरपालिकाले ४७ दशमलव ९३ अंक प्राप्त गरेको छ । यस्तै लिखु गाउँपालिकाले ५९ दशमलव ५५, पञ्चकन्या गाउँपालिकाले ५६ दशमलव ५३, शिवपुरी गाउँपालिकाले ६१ दशमलव ५६ अंक प्राप्त गरेको छ ।
आयोगले सार्वजनिक गरेको सूचक अनुसार संघिय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानिकरण अनुदान सिफारिस गर्ने गरिन्छ । सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्क समेतको आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्न गरेर अङ्क प्रदान गरेको हो । 
कार्यसम्पादन मूल्याङ्कन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएको थियो । पालिकाले समयमै बजेट पेस गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे÷नगरेको, स्थानीय तहले करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरे÷नगरेको, आउँदो आर्थिक वर्षको लागि आय÷व्ययको प्रक्षेपण गरिएको तथ्याङ्क सहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे÷नगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कार्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको लगायतका विषयमा मूल्याङ्कन गरेको थियो । १७ सूचकहरुमा बेलकोटगढी नगरपालिका कमजोर देखिएको छ । 
त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र सङ्कलन, अघिल्लो वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे÷नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको सङ्ख्या, संस्थागत प्रसूति सङ्ख्या लगायत शीर्षकका सूचकका आधारमा आयोगले स्थानीय तहलाई अङ्कभार दिएको हो । यही मूल्याङ्कनका आधारमा आयोगले आर्थिक वर्ष २०७९÷८० का लागि सङ्घबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम दिनको लागी सिफारिस गर्नेे छ । 

यो पनि पढौ ........

http://nuwakotnews.com/read/post/849

बेलकोटगढी नगरपालिकामा बेथितीको चाङ, जनतालाई झुक्याउदै भागे मेयर साप