पार्टिको नियमबिपरित प्रस्तुत भए सिधै कारबाही ठोक्ने

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ चैत्र १९, शनिबार

कारबाही, पुष्प लामिछाने, अनुशासन, माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति नुवाकोटका संयोजक पुष्प लामिछाने अरुणले पार्टीमा अनुशासन उल्लंघन गर्ने जो कोहीलाई छुट नहुने बताउनुभएको छ । अनुशासन उल्लंघन गर्नेलाई पार्टीले कारबाही गर्ने उहाँले बताउनुभएको छ । 
संयोजक लामिछानेले पार्टीमा कुनै विवाद नरहेको भन्दै केही नेता, कार्यकर्ताले नेतृत्वको विरुद्ध सामाजिक सञ्जालमा बोल्ने र लेख्ने काम भएकोले त्यसलाई पार्टीले छलफल गरेर हल गरिने बताउनुभएको छ । पार्टी भित्रको आन्तरिक विवाद भएतापनी त्यसलाई छलफलको माध्यमबाट समाधान गर्ने बताउदै पार्टिको आन्तरिक बैठकमा त्यस्ता बिबादलाई राख्नको लागी निर्देशन दिनुभएको छ । नेकपा माओबादी केन्द्रको बिभिन्न तहमा रहेर काम गर्दै आएका ब्यक्तिहरुले सामाजिक सञ्जालमा प्रस्तुत गरेका बिषयहरुप्रति पाटिको ध्यानाकर्षण भएको बताउदै उहाँले पार्टीमा रहेर अनुशासनमा नरहने जो कोहिलाई पनी छुट नभएको बताउनुभएको छ । 
पार्टिको नियमबिपरित प्रस्तुत भएकाहरुलाई कारबाहि गर्ने चेतावनी दिदै उहाँले कारबाही प्रक्रियाको चरण हुने भन्दै पार्टी अनुशासन विपरीत गतिविधि गरिरहेकाहरुलाई सच्चिने मौका दिइने पनि बताउनुभएको छ । कारबाही भन्ने बित्तिकै पार्टीबाट निकालिहाल्ने भन्ने नभएको बताउदै स्पष्टीकरण सोध्ने, फेरि यस्तो गतिविधि नगर्न चेतावनी दिने, गल्ती कमजोरी महसुस गराउनु र रुपान्तरण गराउने पहिलो कार्य रहने उहाँले बताउनुभएको छ ।