मतदान स्थलको निरिक्षण तथा अनुगमन शुरु

नुवाकोट न्यूज
२०७८ चैत्र २४, विहिबार

बैशाख ३० गते हुन गैरहेको स्थानिय तहको निर्बाचनका लागी नुवाकोटमा मतदान स्थलको निरिक्षण तथा अनुगमन शुरु गरिएको छ । बुधबार सुरक्षा निकायका प्रमुखहरुले स्थलगत रुपमै विदुर नगरपालिकाको तिन र म्यागङ गाँउपालिकाको ८ वटै मतदान स्थलको निरिक्षण तथा अनुगमन गरेका छन् ।
मतदान स्थलको अबस्था, निर्बाचनका सामग्रीहरु पु¥याउनको लागी सडकको अबस्था र निर्बाचन पश्चात मुख्य निर्बाचन अधिकृतको कार्यालयसम्म सुरक्षित तरिकाले मतपेटिका ल्याई मतगणना सम्पन्न गर्ने उदेश्यले मतदान स्थलको निरिक्षण तथा अनुगमन शुरु गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभएको छ ।
उहाँका अनुशार जिल्लाको १२ वटै स्थानिय तहको सबै मतदान स्थलको निरिक्षण तथा अनुगमन गरी अहिलेको वस्तु स्थितिको बारेमा जानकारी लिई मतदानको लागी मतदान स्थल तयारी अबस्थामा राख्नको लागी अनुगमन तथा निरीक्षण गरिएको बताउनुभएको छ ।
उक्त क्रममा प्रहरी चौकीहरुको निरीक्षण समेत गरिएको छ । सामरी प्रहरी चौकी, किम्ताङ प्रहरी चौकी र देउराली प्रहरी चौकीको निरिक्षण गरिएको हो ।
नुवाकोटमा १ सय ३२ मतदान स्थल र २ सय ८७ वटा मतदान केन्द्र रहेका छन् । आवश्यकताको आधारमा यसअघिको निर्बाचनमा भन्दा ३ वटा मतदान स्थल थपिएको छ भने २ वटा मतदान केन्द्र घटाईएको छ ।

आवश्यकता, भौगोलिक विकटता, सडक सञ्जालको अबस्था र यसअघि भएका निर्बाचनको आधारमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले सुरक्षा योजना बनाईने प्रमुख जिल्ला अधिकारी रिसालले बताउनुभएको छ ।
मतदान स्थलको निरिक्षण तथा अनुगमनमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका प्रमुख रामप्रसाद शाह, शसस्त्र प्रहरी प्रमुख मदन ढुङ्गाना, अनुसन्धानका प्रमुख हेमन्त चौधरी, जवरजंग गणका मेजर अन्जय प्याकुरेलको सहभागिता रहेको थियो ।

