एक्लै सक्षम छौ तर सहमती र सहकार्यमा सबै स्विकार्य छ : माओवादी केन्द्र तादी

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ चैत्र २९, मंगलबार

स्थानीय निर्वाचन, अध्यक्ष, किरण रिजाल, तादी गाँउपालिका

स्थानीय निर्वाचनको मिति नजिकिएसँगै नुवाकोटका सबै स्थानिय तहमा सबै दलको सरगर्मी बढदै गएको छ । नेकपा माओवादी केन्द्रले ८८ वडा रहेको नुवाकोटमा केहि वडाहरुमा सर्बसम्मत वडा अध्यक्षको सिफारिस भएको छ भने अधिकाँस वडाहरुमा आकाँक्षीहरु धेरै देखिएका कारण सर्वसम्वतमा सकस देखिएको छ । 
तादी गाँउपालिकामा वडा नम्बर २ बाहेक सबै वडामा आकाँक्षीहरु धेरैजना देखिएका छन् । वडागत रुपमा आकाँक्षी उम्मेदवारहरुको नाम संकलन गरी पार्टीको पालिका कमिटीमा सिफारिस गरिएको छ ।
गाँउपालिका अध्यक्ष र उपाध्यक्षमा पनि धेरैजना आकाँक्षीहरु देखिएका छन् । अध्यक्षमा यसअघि २०७४ का उम्मेदवार मानसिंह तामाङसहित किरण रिजाल, अनुपकुमार पाण्डे, रोसन श्रेष्ठ, अस्विनकुमार पाण्डे, प्रमोदलाल श्रेष्ठलगायतले आफनो दाबेदार प्रस्तुत गर्नुभएको छ ।
यसअघिका उम्मेदवार मानसिंह तामाङले आफ्नो पक्षमा जनलहर हुँदाहुँदैपनि केहि प्राबिधिक कारणले पराजय बेहोर्न परेको बताउँदै आगामी निर्बाचनमा मतदाताको बलियो उम्मेदवारको रुपमा आफुलाई प्रस्तुत गर्नुभएको छ । 
यसअघिको निर्बाचनले अचकल्टो राजनितिक घाईते बनाएको कारण पार्टीको पनि भरपुर्ण साथ र गाँउपालिकाको ६ वटै वडामा आफ्नो पारिवारिक पृष्ठभुमि बलियो रहेकाले अन्य दलको मतदातालाई समेत प्रभाव पार्न सक्ने बलियो आधारहरु देखाई उहाँले पुःन अध्यक्षको दाबी गरेको बताउनुभएको छ । 
यसैगरी, अर्का अध्यक्षका दाबेदार किरण रिजालले पार्टीले यसअघिको निर्बाचनमा आफुलाई टिकट दिएर प्रचारप्रसार भैसकेपछि केहि व्यक्तिको त्रुटीका कारण अन्यत्र टिकट जाँदा पार्टीले हार व्यहोर्नु परेको बताँउदै सत्तागठबन्धको निर्णय स्विकार गर्ने तर गठबन्धन नभएको अवस्थामा गाँउपालिकाको भावि योजना सहित अध्यक्ष पदको लागी दावी गर्नुभएको छ ।
यसैगरी, अनुपकुमार पाण्डेले पार्टीको गाँउपालिकाको जिम्मेवारी आफ्नो काँधमा रहेकाले पार्टीलाई उचाईमा पु¥याउन समग्र गाँउपालिकाको सबै क्षेत्रको विकासको योजना सहित र पार्टीप्रति पु¥याएको योगदानको स्मरण दावी गरेको बताउनुभएको छ ।  
यसैगरी, रोसन श्रेष्ठले आफु जुनसुकै अबस्थामा रहदापनि पार्टीलाई गरेको योगदान,  पार्टीप्रतिको लगाव, लामो समयको संघर्षका साथ पार्टीलाई अगाडी बढाउन गरेको कार्यहरुलगायत हालको गाँउपालिकाको भ्रष्टाचार र अन्य बेथितिको भण्डाफोर गर्न आफु सक्षम रहेको बताँउदै अध्यक्ष पदको लागी दावी गरेको बताउनुभएको छ ।
यसैगरी, प्रमोदलाल श्रेष्ठले लामो समयको संघर्षको पार्टीको मुल्याङ्कन, गाँउपालिकाको समुन्नत विकासको लागी सक्षम रहेको बताँउदै दावी रहेको बताउनभएको छ । 
यसैगरी, अस्विनकुमार पाण्डेले अवको नेतृत्वमा युवा र समग्र विकासमा युवाको हात र साथ आजको आवश्यकता रहेकाले आफ्नो दावी रहेको बताउनुभएको छ । 
आआफ्ने दावी भैरहदा पनि एमालेको उग्रताको बिरुद्ध सत्तागठबन्धको सर्बोच्च चर्चा भरहेको अबस्थामा ४ दल एक भएर उभिनुपर्ने अबस्था सहितको पार्टीको निर्णय सबैजना दावेदारहरुले स्विकार गरेका छन् । सहकार्य, सहमतीमा एकजुट हुँदै पार्टी र गठबन्धनको  निर्देशनमा आफुहरु कटिबद्ध रहेको उहाँहरुको भनाई रहेको छ ।