स्वस्थ नागरिक, खुसी परिवार र एक घर एक धारा, माओबादी नै हो साहारा : पञ्चकन्या माओबादी केन्द्र

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७९ बैशाख २५, आईतबार

पञ्चकन्या गाँउपालिका,  शिक्षा, बिद्यालय, माओवादी केन्द्र

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
पञ्चकन्या गाउँ कमिटि, नुवाकोट । 

स्थानीय निर्बाचन २०७९
प्रतिबद्धता पत्र

नेकपा(माओबादी केन्द्र) नेतृत्वको ५ बर्षे उपलब्धी
पन्चकन्या गाउँपालिकाको दिगो बिकास र समृद्धी

गत ५ वर्षे अवधिमा सम्पन्न एवं शुरुवात गरेका कार्यक्रमहरु तथा आगामी कार्ययोजनाहरुः  

आदरणीय, पञ्चकन्या वासी सम्पुर्ण आमा, वुवा, दाजुभाइ तथा दिदी वहिनीहरु,
राज्यपुनर्संरचना पछि अधिकार सम्पन्न स्थानीय तहको अवधारणा तथा परिकल्पनाकार नेकपा –माओवादी केन्द्र) हो । गाउँमै स्थानीय सरकारको स्थापना भई सकेपछि जनताले घरदैलोमा नै सरकारी सेवा पाएका छन् । राज्यको आमुल परिवर्तनको नेतृत्व गरेको माओवादी केन्द्रले यस पञ्चकन्या गाउँपालिकामा पनि २०७४ स्थानीय निर्वाचनमा तपाईंहरुको अमुल्य मतबाट निर्वाचित भईं के कसरी कामहरु सम्पन्न गरकोे यहांहरुलाई जग जाहेर नै छ । ५ वर्ष अगाडीको पञ्चकन्याको विकास र अहिले पञ्चकन्याको भौतिक विकास, आर्थिक विकास,  शैक्षिक विकस, स्वास्थ्य, खानेपानी, वाटोघाटो, मठ मन्दिर, शान्ती सुरक्षाको अवस्था के कस्तो छ ? नव निर्माण के कति भए यहाँहरुलाई जगजाहेर नै छ, प्रत्यक्ष अनुभव गर्नु भएकै छ र आ“खा अघि छर्लङ्ग देख्नु भएकै छ ।

यस पालिका सुशासनको क्षेत्रमा देश भरीमा अब्बल गाउँपालिका घोषित भएको जानकारीमा नै छ । भ्रष्ट्राचार तथा कमिसनबाट पञ्चकन्या गाउँपालिका पुर्ण रुपमा मुक्त रहेको विदित्तै छ । तसर्थ आगामी ५ वर्षमा माओवादी नेतृत्वको स्थानीय सरकारले पुनः राजनैतिक नेतृत्व गर्दा हिजो शुरुवात गरेको सबै कार्यहरु पुरा गरी थप योजना तथा बिकास मार्फत पञ्चकन्यालाई समृद्ध, खुसी र सुखी गाउ“ बनाउन गोलाकार भित्रको “ह“सिया हथौडा” चिन्हमा मतदान गरी दिनु हुन हार्दिक अपिल गर्दछौ“ । 
गुणस्तरीय शिक्षा : अग्रगामी सामाजिक रुपान्तरण
१.    भुकम्पबाट क्षतिग्रस्त भै  गल्र्याम ढलेका २८ वटा सामुदायिक बिद्यालयमा  भुकम्प प्रतिरोधी पक्की बिद्यालय भवन निर्माण भै २७४वटा पक्की कक्षा कोठा भवन निर्माण सम्पन्न गरेका छौ“ । सबै बिद्यालयहरुमा खानेपानी सुविधा, छात्राहरुलाई छुटै शौचालयको ब्यबस्था सहित बिद्यालय भौतिक वातावरणमा सम्पन्न अबस्थामा पुरयाएका छा“ैं ।  बिद्यालयमा पुस्तकालय, बिज्ञान प्रयोगशाला, इन्टनरनेटको पहुच पुरयाएको छा“ैं । अझै केही विद्यालयमा कक्षा कोठा, शौचालय, बिद्यालय खानेपानी, बिज्ञान प्रयोगशाला निर्माण गर्न बाकी छ, बाकी काम पुरा गर्ने छौं“ । 
२.    केन्द्र सरकारको समेत सहयोगमा आफनै गाउमा“एक गाउं एक प्राबिधिक बिद्यालय बिद्यालय” शुरुवात गरी इन्द्रायाणीकृषीप्रविधिक माध्यमिक बिद्यालयको संचालन भएको छ । यो बिद्यालयको बिकास तथा दिगोपना र अन्य वडाहरुमा समेत अन्य प्राबिधिक विषयको बिद्यालय संचालन गर्ने छौं“ । 
३.    माओवादी नेतृत्वले पञ्चकन्या गाउँपालिकामा नेतृत्व गर्नु  अगाडी कुनै पनि बिद्यालयमा शिक्षक दरबन्दी पुर्ण नभएको कारण चन्दा तथा शुल्क उठाएर शिक्षक कर्मचारी राख्नु पर्ने अबस्था रहेको थियो । गाउंमै स्वयंसेवक शिक्षक, थप अनुदान तथा अन्य सहयोग मार्फत सबै बिद्यालयमा शिक्षक कर्मचारीको समस्या न्युनीकरण गराएका छौं“ । हामी अब कुनै बिद्यालयमा शिक्षक कर्मचारी अभाब हुन दिने छैना“ै । 
४.    यस अगाबै कार्यक्रममासामाजिक आर्थिक रुपमा पिछडिएका ४१४ जना बिपन्न समुदायलाई बिद्यालय शिक्षा तथा अन्य  छात्रबृत्रि मार्फत उच्च शिक्षा प्राप्त गर्ने अबसर प्रदान भै सकेको  छ । आगामी ५ बर्ष भित्र १००० जना बिपन्न समुदायलाई निशुल्क छात्रबृत्रिको अवसर पालिका मार्फत गरिनेछ । साथै पन्चकन्यामा रहेका अति बिपन्न, जेहेन्दार बिद्यार्थीहरुलाई डाक्टर, इन्जिनियर जस्ता प्राविधिक विषयमा पनि छात्रबृत्रि उपलब्ध गराइने छ । 
५.    पन्चकन्यामा सबै संस्कृति, भाषा तथा धर्मलाई सम्मान गर्दै लोपोन्मुख संस्कृत भाषाको जगेर्ना गर्न संस्कृत गुरुकुल बिद्यालय संचालन भएको छ । यस गुरुकुल बिद्यालयलाई ब्यापक प्रचार प्रसार गरी सुबिधा सम्पन्न संस्कृत शिक्षालय बनाइने छ । 
६.    आफनै गाउ“ं आफनै क्याम्पस संचालन गर्न पुर्वाधारका लागि पन्चकन्या मा.बि, राष्ट्रिय मा.बि., कुण्डला मा. बि., मंगला मा.बि र कालिका मा.बि.मा भौतिक पुर्वाधार निर्माण भएको छ । अबका दिन सबैलाई पायक पर्ने स्थानमा पन्ञ्चकन्या सामुदायिक क्याम्पस स्थापना तथा संचालन गर्न पहल गरिने छ ।
७.    शिक्षामा गुणात्मक सुधार, दिगो बिद्यालय ब्यबस्थापन तथा समुदायको नेतृत्वमा समग्र शैक्षिक प्रणाली सुधार गर्न बिद्यालयहरुमा प्रबिधि मैत्री शिक्षा प्रणालीको थालनी, शिक्षक तथा कर्मचारीको मनोबल उच्च राख्न गोल्डेन हयाण्ड सेक अबधारणाको थालनी, उत्कृष्ट शिक्षक, बिद्यार्थी र बिद्यालय सम्म्मान तथा पुरस्कारको थालनी,देशै भरका नमुना बिद्यालयको अनुभब पन्चकन्याको बिद्यालयहरुमा लागु गर्न अध्ययन अबलोकन भ्रमण जस्ता कार्यक्रमहरु भै रहेको छ । यस्ता कार्यक्रम निरन्तर गरिने छ । 
८.    बिद्यालय कर्मचारी, शिक्षकहरुलाई प्रोत्साहन तथा सकारात्मक परिचालन गर्दै उत्कृष्ट कक्षा, प्रभाबकारी शिक्षण बिधि मार्फत सबैपढेका सबै जानेका बनाउन गुणस्तरीय शिक्षा नै मुल योजना रहने छ । यसका लागि शिक्षक कर्मचारी स्वास्थ्य तथा दुर्घटना बिमाको सुनिश्चिता हाम्रो प्रतिबद्धता रहने छ । 
९.    सबै शिक्षकको दक्षता अभिबृद्धी गर्न, क्षमता बिकासको लागि श्रोत साधन उपलब्ध गराईने छ ।साथै एक सरकारी शिक्षक एक ल्यापटप आगामी ५ बर्ष भित्रमा उपलब्ध गराइने छ ।

स्वस्थ नागरिक, खुसी परिवार
क.    पालिका स्तरीय १० शैय्याको अस्पताल भवन निर्माणको क्रममा रहेकोमा निर्माण सम्पन्न नभए सम्म तत्कालै सो अस्पताल अस्थायी रुपमा संचालन गरिने छ ।
ख.    पालिका भित्र रहेकास्वास्थ्य चौकीमा भुकम्प प्रातिरोधी भवनहरु निर्माण सम्पन्न भएको साथै जनतालाई पायक स्थानमा ३ वटा थपसामुदायिक स्वास्थ्य केन्द्र स्थापना भई स्वास्थ्य सेवा शुरुवात गरिएको छ । सबै स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर स्थापना भई सुरक्षित सुत्केरी गराउने कार्यको थालनी साथै वडाहरुमा गाउँघर क्लिनिक भवन समेत निर्माण भएकोमा यसलाई थप ब्यबस्थित गराईने छ । 
ग.    गाउंपालिकामा रहेका सबै जनतालाई आपकालिन स्वास्थ्य सेवा प्राप्त गर्न सकोस् भन्ने उद्धेश्यले माओबादी केन्द्रको नेतृत्वको स्थानीय सरकारको पहलमा २ वटा सुबिधा सम्पन्न एम्बुलेन्स खरिद भई सकेको र उक्त एम्बुलेन्स केही समयमा संचालनमा आउने क्रममा रहेको छ । अबका दिन गाउँबासीले आफनै वडा तहमा एम्बुलेन्स सेवा प्राप्त गर्ने व्यवस्थापन गरिने छ ।
घ    स्वास्थ्य संस्थाहरु जनशक्तिकै अभाबमा संचालन हुन नसकि रहेको अवस्थामा अहिले सवै स्वास्थ्य चौकीहरुलाई जनशक्ति व्यवस्थापन गरिसकिएको छ । 
ङ.    पालिकाको समन्वय एवं ब्यवस्थापनमा सुबिधा सम्पन्न अस्पतालका लागि आवश्यक स्वास्थ्य उपकरणहरु व्यवस्थापन भईसकिएको छ । साथै स्वास्थ्य चौकीहरुलाई समेतप्राविधिक रुपमा सक्षम बनाउदै लगिएको छ ।
च.    सबै स्वास्थ्य संस्थाहरुमा इन्टरनेट जडान गरी टेलीमेडीसीन उपचार सेवा शुरुवात गरिने छ । 
च.    हरेक नागरिकलाई गाउँ÷घरमा नै उपाचार गराउनका लागि स्त्री रोग, दन्तरोत, आंखा रोग तथा अन्य रोगहरुको शिविर सञ्चालनलाई प्रत्येक वर्ष निरन्तरता दिईनेछ । 
छ.    निशुल्क औषधी सहित घर घरमै मनोसामााजिक परामर्श सेवाको शुरुवात भई सकेकोले अझ व्यवस्थित ढंगले यसलाई निरन्तरता दिईनेछ । 
ज.    जेष्ठ नागरिकलाई निशुल्क औषधि सहित घरमै स्वास्थ्य उपचार तथा परामर्श सेवा कार्यक्रमलाई निरन्तरता दिईनेछ । 
झ.    भिन्न क्षमता भएका नागरिकलाई घर दैलो तथा टोलमा परिचय पत्र तथा स्वास्थ्य सेवा प्रदान गरिने छ ।
य.    मृगौला, मुटु रोगी, क्यान्सर लगायतका घातक रोगबाट पर्ने आर्थिक सामाजिक क्षतीलाई न्युनीकरण गर्न घातक रोग उपाचार बिमा कोष स्थापना गरिने छ ।
ट.    महिला स्वयंसेविकाको सामाजिक सेवाको सम्मान स्वरुप एकमुस्ठ आर्थिक सहयोगको शुरुवातलाई निरन्तरता दिईनेछ । 
कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण 
१    पहिलो लकडाउनमा घर आउन समस्या भएका हाम्रा नागरिकलाई उपत्यकाबाट निशुल्क यातयातको ब्यबस्था गरी सुरक्षितसाथ घर आउने ब्यबस्था गरिएको ।
२    कोभिड महामारी शुरुवात हुनासाथ नुवाकोट जिल्लामै सबै भन्दा अगाडी हेल्प डेस्क शुरुवात गरी स्वास्थ्य जाँच पश्चात मात्र पालिका प्रवेश गरी प्रकोप न्युनीकरण गरिएको । 
३    लकडाउनको कारण राजधानी लगायत बिभिन्न शहरमा अलपत्र परेका नागरिकलाई घर आउन यातयातको व्यवस्था गरी आउन नसक्नेका लागिआपतकालिन राहत प्याकेज (खाद्य सामाग्री) बसोबास स्थलमा नै उपलब्ध गराईएको थियो । साथै महामारीको कारण रोजगारी तथा अन्य कारणले खाद्यान्न संकट परेका पालिकाका भित्र र वाहिरका नागरिकलाई खाद्यान्नको ब्यबस्था समेतगरेको ।
४    संभवत नेपालमै पहिलो पटक पालिका स्तरमा पन्चकन्या खाद्य बैं“कको स्थापना गरी संचालन गरिएको ।
५    देश तथा बिदेशबाट पालिका भित्रिने नागरिकलाई निशुल्क खाना तथा स्वास्थ्य उपाचारको ब्यवस्था सहित सुबिधा सम्पन्न क्वारेन्टिन र आइसोलेसनको  ब्यवस्था गरिएको ।
६    कोभिड महामारीमा पन्चकन्या गाउँपालिकाले  २४ सै घण्टा उच्च स्वास्थ्य सावधानी अपनाई  सेवा पुरयाएको कारण अन्य पालिकाको तुलनामा अत्यन्त न्युन संक्रमण र न्युन मत्यु दर रहेको ।
७    संक्रमित नागरिकलाई घर घरमै परामर्श तथा स्वास्थ्य उपाचार सेवा उपलब्ध गराइएको ।
८    निरन्तर सिकाईको लागि साबधानी पुर्बक बैकल्पिक बिधी अपनाई शिक्षण सिकाई प्रक्रियामा पूर्ण निरन्तरता दिएको ।
९    अभाबको वीच मास्क, स्यानीटारजर, साबुन लगायत स्वास्थ्य सामग्री पालिकाले सबै नागरिकलाई उपलब्ध गराएको ।
१०    पालिका स्तरमा आपतकालिन कार्य योजना निर्माण गरी बिपतकालिन कोष स्थापना गरी जनशक्ति तथा श्रोतसाधनको परिचालन गरिनेछ । 

पञ्चकन्या गाँउपालिका,  शिक्षा, बिद्यालय, माओवादी केन्द्र

समुन्नत तथा समाबेशी बिकासको आधार, दिगो तथा जनमैत्री पुर्बाधारः
१. स्थानीय तहको निर्बाचन भए पछि यथासिघ्र कार्यालय संचालनका लागि ३ महिना भित्र कार्यालय स्थापना गरी अस्थायी भवनबाट कार्यालय संचालन गरिएको ।
२ गाउँपालिकाको प्रशासकिय भवनको लागि निशुल्क २० रोपनी जग्गा जुटाई आधुनिक एबं सुबिधा सम्पन्न प्रशासकिय भवन निर्माण अन्तिम चरणमा रहेको ।
३  वडा कार्यालय भवनहरु निर्माणाधिनको क्रममा रहेको ।
४  भुकम्पले ढलेको १३००० भन्दा धेरै निजी निवास पुननिर्माण सम्पन्न गरिएको ।
५ नागरिकको शान्ती सुरक्षाको लागि ईलाका प्रहरी कार्यालय स्थापना गरिएको । तथा सोको जग्गाको व्यवस्थापन गरी पक्की आधुनिक भवन निर्माणाधिन रहेको । 
६    सबै बिद्यालय तथा स्वास्थ्य संस्थाका भुकम्प प्रतिरोधी भवनहरु धेरै निर्माण सम्पन्न भई सकेको र केही थप नयां निर्माणाधिन रहेको । 
७    छहरे – राष्ट्रिय मा.बि.सम्मको सडक खण्ड यही जेष्ठ मसान्त सम्ममा भई सक्ने र राष्ट्रिय मा. वि. देखी गाउँपालिका केन्द्र लाकुरीभञ्ज्याङ सम्मको खण्ड आगामी १ वर्ष भित्र कालो पत्रे गरि सकिने । साथै आगामी ५ बर्षमा सबै वडामा कम्तीमा एउटासडक कालो पत्रे गरिने ।
८.    कुण्डला मा.बि. हुदै घले भन्ज्याङ, आरुखर्क समुन्द्रटार सडक स्तरउन्ती गरी कालो पत्रेको योजना ठेक्का प्रक्रियामा गईसकिएको । 
९.    पालिका भित्रका सबै बस्तीहरुजाने ग्रामिण सडकलाई स्तर उन्नती गरिने ।
१०.    २०७४ साल सम्म पालिकाको बानियाटार सहरेटार बाहेक अन्यत्र स्थानमा बाह« महिना यातयात नचल्ने अबस्था रहेकोमा बर्तमान अबस्थामा सबै वडामा बाह«ै महिना बिरामी तथा सामान ओसार पसार गर्ने यातयात संचालन संभव भएको ।
११.    सबै घरमा बिद्य्ुत सुबिधा पुगेको, टान्सफर्मरको क्षमता बढाईएको तथा काठका पोल पुर्ण रुपमा प्रतिस्थापन गरिएको ।
१२.    एक वडा एक खेल मैदान निर्माणका लागि वडा नं २ को कालिका मा.बि, वडा नं ४ को घ्याङस्वारामा बृहत खेल मैदान निर्माण हुदै तथा अन्य वडामा स्थान खोजी कार्य सम्पन्न भए पश्चात ३ वर्ष भित्रमा निर्माण सम्पन्न गरिसकिने ।
एक घर एक धाराः माओबादी नै हो सहारा
१३.    सबै घरमा स्वस्थ खानेपानी पुर्याउने एक घर एक धारा अभियान अन्तरगत १६४१ धारा, ९८ वटा रिजर्भ टयाँकी निर्माण सम्पन्न भएको तथा आगामी ५ बर्षमा गाउंपालिकामासबै घरमा १÷१ धारा बनाउने कार्य सम्पन्न गरिनेछ ।
१४.    गाउ“पालिका केन्द्र रहेको लाकुरी भन्ज्याङमा डिप वोरिङ मार्फत खानेपानी वितरण भई सकेको र कपिलेस्वर आसपासका सुख्खा क्षेत्रलाई पनि भुमिगत डिप बोरिंगको माध्यामबाट पानी बितरण गर्ने कार्य आगामी आ.व. भित्रमा सम्पन्न गरिनेछ । 
१५.    सबै घरमा स्वच्छ खानेपानी उपलब्ध गराउन पुराना जिर्ण भएका धारा तथा मुहान देखी घर सम्म पिउने पानी ब्यबस्था गर्न ७०००० मी खानेपानी पाईप उपलब्ध गराईएको ।

दिगो बिकासको नीति,कृषी, पशुपालन तथा रोगगारी मार्फत आर्थिक सामाजिक समृद्धि
१६.    कृषी तथा पशुपालनलाई व्यवसायीकरण गर्न कृषीमा यान्त्रीकरण र पशुपालक कृषकलाई अनुदान ब्यबस्था शुरु गरेका छौ । आगामी दिनमा यस कार्यलाई अझ विशिष्टीकृत ढंगले निरन्तरता दिईनेछ । 
१७.    पशुमा लाग्ने महामारी नियन्त्रण गर्न अभियान संचालन गरी खोरेत, पि पि आर जस्ता रोगहरुको महामारी नियन्त्रण गरी पशु पालक कृषकको नोक्सानी हुन नपाएको र अबका दिनमा जनताको पशुधन संरक्षण गर्न शुरु भएको उपचार तथा पशु बिमा कार्यक्रमलाई निरन्तरता दिईनेछ । 
१८.    ठाँउ ठाउँमा मा चिलिंग  भ्याट तथा दुग्ध संकलन केन्द्र स्थापना गरी खेर जाने दुधलाई बजारीकरण गरिएकोमा अबका दिनमा अझ ब्यापक पशुपालन अभियान संचालन गरी गाउमै रोगगारी तथा आयआर्जन वृद्धि गर्न तर्फ ध्यान दिईनेछ । 
१९.    उन्नत एबं नश्ल सुधार गरी उन्नत जातका बोका, गाई भैसी पालन मार्फत पशु पालनलाई व्यवसायीकरणमा सहयोग गरिनेछ । 
२०.    बांदर धपाउ तथा बालि संरक्षण अभियान संचालन गरिने छ
२१.    सबै खेतीयोग्य जमिनमा ब्यबस्थित सिचाई सुबिधा उपलब्ध गराईने छ । साथै बाझो रहेको जमिनहरुमा लिज तथा कृषी फार्म अबधारणामा ब्यापक फलफुल खेतीको बिस्तार गरिने छ । 
२२.    उच्च मुल्यको कृषी उत्पादनको केन्द्र बनाउन,स्थानीय, प्रदेश सरकार तथा अन्य निकायसंग समन्यव गरी भुगोल अनुसार तरबुजा, कफि, चिया, केरा खेतीको ब्यापक उत्पादन गराइने छ। आगामी ५ बर्ष भित्र ५लाख कफि, १ लाख तरबुजा, ५ हजार चिया, १ लाख केराको बिरुवासाथै उत्पादित बस्तुको बजारीकरणको लागि उपजको न्युनतम सर्मथन मुल्य तोकी बजारको ब्यबस्थापनमा सहजिकरण गरिने छ ।
सामाजिक न्याय र शुशासन ः माओबादी नेतृत्वको प्रशासन 
२३.    आपसी भाईचारा र मेलमिलाप सम्बन्ध बिकासका लागि सबै वडामा मेलमिलाप केन्द्र स्थापना भै साना तिना बिवाद बस्ती तथा वडा स्तरमा समाधान गरिएको तथा न्यायिक समितिको सक्रियतामा बिबादहरु ब्यवस्थापन भै शान्ती तथा अमनचैन कायम रहेको ।
२४.    छुवाछुत, भेदभाब, जातिय बिभेद जस्ता कुरितीको लागि निति, योजना तथा अभियानहरु कार्यान्वयन भएको  ।
२५.    भष्ट्रचारको सुचक बेरुजुलाई हाम्रो नेतृत्वले सबै भन्दा न्युन कायम गरेको ५ बटै बजेट अधिबेसन तथा अन्य अबिधेसन समयमै सम्पन्न गरेको, हरेक महिना कार्यपालिकाको र्बैठक नियमित, बिषयगत समितिको बैठक समयमै  भएको, ५ बर्ष अवधीमा कार्यपालिका तथा ब्यवस्थापिकाको कुशल एबं सफल संचालन भएको ।
२६.    गाउँपालिकाको बजेट तर्जुमा पारदर्शी र वडा स्तरबाट शुरुवात गरिएको, सबै नागरिकले फोनकै भरमा गुनासो राख्ने र सुनुवाई गर्ने ब्यबस्था भएको, बजेट तथा नीति कार्यक्रम प्रकाशन गरेर पालिकाको बेबसाईटमै उपलब्ध गराउने पद्धतीको शुरुवात गरिएको ।
२७.    सबै उपभोक्ता समिति योजना स्थलमा गठन गर्ने, योजनाको सुचना पार्टी योजना स्थलमा राख्नै पर्ने नितिलाई पूर्ण कार्यान्वयन गरिएको, अनुगमन समितिको सिफारिसलाई अनिबार्यता गरी योजनाहरुको गुणस्तर र समयमै काम सम्पन्न भएको ।
२८.    उपभोक्ता समिति मार्फत संचालित कार्यक्रमलाई पारदर्शि एबं सहभागितामुलक बनाउने कार्यलाई निरन्तरता दिईनेछ । 

देश बिकासको आधार: युवा केन्द्रित रोगजार, मनोरन्जन, शिक्षा र स्वरोगार 
१.    युवाहरुलाई स्वरोजगार बनाउनको लागि निति तथा कार्यक्रममै ब्यबस्था गरी कृषी तथा पशु पालन, शिप युक्त ब्यवसायमा आबद्ध गरिएको, यस अवधीमा ७०० वटा घरेलु तथा साना ब्यवसाय संचालन भै स्वरोगगारी कार्यक्रम लागु गरिएको ।
२.    युवाहरुलाई व्यवसायिक खेलकुदको माध्यमबाट खेल मार्फत आत्मनिर्भर वनाउन जिल्ला स्तरीय चेयरमेन कप भलिवल प्रतियोगिता सम्पन्न गरिएकोमा सो लाई निरन्तरता दिदै अन्य खेललाई पनि व्यवसायिक वनाउन शुरुवात गरिनेछ । 

उद्योग, वातावरण, संस्कृत र पर्यटन : रोगगारी तथा ब्यबसाय गरी कमाउ धन
१    ग्रामिण कृषी पर्यटनलाई टेवा दिन चक्लाबन्दी, फार्म स्टे, होम स्टे, कृषी पर्यटन कार्यक्रमहरु संचालन गरिने ।
२.    साना पसल तथा ब्यबसायहरुलाई सम्मान पुर्बक ब्यबसाय संचालन गर्न, बिउ पुंजीको लागि बित्तिय संस्थाहरुसंग सहकार्य, श्रोत साधनको सुनिश्चिता गरिने ।
३.    गाउपालिकाको पर्यटकिय दृष्टीले महत्वपुर्ण स्थलहरुको पहिचान गरी पर्यटन पुर्बाधारहरु निर्माण भएकोमा ध्याङस्वारा, नाटयेस्वरी, कपिलेस्वर, बराहक्षेत्र, राक्सेस्वर, चमेरेगुफा, पन्चकन्या मन्दिर आदि क्षेत्रमा बिशेष योजना सहित आन्तरिक पर्यटक भित्ररयाउने गरी पुर्बाधारहरु तयार गरिने ।
४.    स्थानीय पर्बहरु हाम्रो संस्कृतको धरोहर हुन ।यस्ता पर्बहरु मनाउन गाउंपालिका स्थानीय पर्ब कोष स्थापना गरिने छ । 
५.    कविलासको कपिलेस्वर, कालिका, राक्सेस्वर क्षेत्रमा संस्कृत महाबिद्यालय, पद्यम संभब परिपथ मार्फत राष्ट्रिय स्तरको गुम्बा निर्माण र ध्याङस्वारा कृषी पर्यटन ग्राम निर्माण गरिने छ । 
६.    सबै र्धम संस्कृतीको जर्गेना गर्न मठ मन्दिर, गुम्बा,चर्च आदिको प्राथमिकता साथ निर्माण तथा मर्मत संभार गरिएको छ । अबका दिन यस्ता मानब इतिहासको जर्गेना गरिने छ ।

पञ्चकन्या गाँउपालिका,  शिक्षा, बिद्यालय, माओवादी केन्द्र

घर घरमै इन्टरनेटः सुमधुर सम्बन्ध आफन्त भेट 
१.    घर घरमा टेलीफोन सुबिधा पुरयाउन मोवाईल टावरहरु थप्न सम्बन्धित निकायलाई ताकेतागरि सबै वडा बस्तीमा मोवाईल सेवा पुगेको । २.    सबै बस्तीमा तार रहित तथा तार सहित इन्टरनेट जडान गर्न सहजीकरण गरिएको ।
३.    गाउँपालिकाको सबै सुचना आदान÷प्रदान डिजिटल गरिएको ।
४.    सबै टोलमा इन्टरनेट, बिद्यालयमा इन्टरनेट, घरमा नेट पुरयाउन पहल तथा लगानी गरिने छ ।
५.    पन्चकन्या गाउंपालिकाले बिभिन्न सामुदायिक संस्थाहरुसंग सहकार्यमा आफनै एम एम रेडियो संचालन गरिने छ । 

लैगिंक समानता, महिला सहभागिता,बाल तथा बृद्ध संरक्षण
१.    बिकासको मुल प्रबाहमा महिला सहभागिता सुनिश्चित गरिने छ ।
२.    जेष्ठ नागरिक, भिन्न क्षमता भएका समुदाय सबैलाई बिकासको हिस्सेदारको रुपमा कार्यक्रम तय गरिने छ ।
३.    चुलो चौकोमा सिमित महिला दिदी बहिनीलाई आयआर्जनमा सहभागी गराउनका दिदी बहिनी आयआर्जन कार्यक्रम संचालन गरिने छ । 
४.    घरेलु हिंसा, बेचबिखन बिरुद्ध कार्यक्रमहरु संचालन गरिने छ ।
५.    सबै महिलालाई आत्म निर्भर बनाउनका लागि पञ्चकन्या दिदी बहिनी शशक्तिकरण कार्यक्रम संचालन गरिने छ । 
६.    सबै वडाहरुमा जेष्ठ नागरिक गन्थन मन्थन केन्द्र संचालन गरिने छ ।
७.    बाल बिकास केन्द्रलाई प्रभाबकारी रुपमा बाल स्याहार केन्द्रको रुपमा संचालन गरिने छ ।

तपाईंको अमुल्य मतको कदर गर्दै हामी हर नागरिकको सम्मान पनि गर्छौं ।

गोलाकार भित्रका हँसिया हथौडामा मतदान गरौं ।
नेकपा (माओवादी केन्द्र) का सम्पुर्ण उम्मेदवारलाई विजय गराऔं ।

नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) चुनाव प्रचार प्रसार समिति, पञ्चकन्या, नुवाकोट 

पञ्चकन्या गाँउपालिका,  शिक्षा, बिद्यालय, माओवादी केन्द्र पञ्चकन्या गाँउपालिका,  शिक्षा, बिद्यालय, माओवादी केन्द्र