चुनावी मैदानमा उत्रिएका दुई हस्तीको मित्रवत अंकमाल

नुवाकोट न्यूज
२०७९ बैशाख २५, आईतबार

स्थानीय निर्वाचनको मतदान गर्ने मिति बैशाख ३० गते । मतदान गर्न केहि दिन मात्र बाँकी रहेको छ । दिन नजिकिदै जाँदा चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु आआफ्नो पार्टीलाई जिताउन र आफु जित्न कस्सिएर लागेका छन् ।
घरदैलो गर्दै टोलटोलमा पुगेर मतदाता सामु आफ्नो एजेण्डा सहित उम्मेदवारहरु मतदाता खुसी बनाउन व्यस्त देखिएका छन् ।
आईतबार तादि गाँउपालिकाको वडा नम्बर ३ खरानीटारमा भोट माग्दै हिड्ने क्रममा नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार सन्तमान तामाङ र नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवार किरणकुमार रिजालको जम्काभेटको अंकमालले सामाजिक सञ्जालमा नयाँ शन्देस दिएको छ । चुनावी मैदानमा उत्रिएका फरक पार्टीका दुईजनाको जम्काभेटको अंकमालले मित्रवत प्रतिस्पर्धाको शन्देस दिएको छ ।
चुनावी मैदानमा उत्रिएपछि जितहार पक्कै हुन्छ तर उहाँहरुको अंकमालले सौहार्दपुर्ण वाताबरणको चुनावी अभियानको शंदेश दिएको घरदैलो अभियानमा लागेका पार्टीका क्रियासिल कार्यकर्ताहरुले बताएका छन् ।

तादी गाँउपालिकामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी एक्लाएक्लै चुनावी मैदानमा उत्रिएको छ ।
नेकपा एमालेबाट विजयकुमार खनाल, एकिकृत समाजवादीबाट कृष्णप्रसाद लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शसिबिक्रम उप्रेती चुनावी मैदानमा उत्रिनुभएको छ ।