बास्तविक हलो जनताको घरघरमा

नुवाकोट न्यूज
२०७९ बैशाख २५, आईतबार

विदुर नगरपालिकामा हलो सहित चुनावी प्रचारप्रसारमा उम्मेदवार सहित नेताहरु : माथिको तस्विर
बैशाख ३० गते हुन गैरहेको स्थानिय तह निर्बाचनको घरदैलो कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोट घरघरमै बास्तविक हलो बोकेर मतदातामाझ पुगेको छ ।
काठबाट बनेको, हल गोरु नारेर जोत्न मिल्ने बास्तविक हलो नै बोकेर आफ्नो चिन्हको प्रचारप्रसार गर्दै मतदाताको घरघरमै भोट माग्दै राप्रपाका उम्मेदवार तथा नेता कार्यकर्ताहरु हिडिरहका छन् ।
चुनावी मैदानमा उत्रिएका आफ्नो उम्मेदवारहरुलाई जिताउन राप्रपा नुवाकोटले विभिन्न नाराहरु सहित हलो बोकेर गाँउगाँउ पुगिरहेको छ । राप्रपाले नुवाकोटको १२ वटै स्थानिय तहमा आफ्नो उम्मेदवारहरु चुनावी मैदानमा उठाएको राप्रपाका नेता बिष्णुप्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।
ककनी गाँउपालिकाका अध्यक्षका उम्मेदवार तेज लामा हलो बोकर चुनावी प्रचारप्रसार गर्दै
