नुवाकोटमा कांग्रेस ७ माओवादी केन्द्र ६ एमाले ५ वडामा विजयी

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७९ जेष्ठ १, आईतबार

माओवादी केन्द्र, मतगणना, एमाले, नेपाली कांग्रेस

नुवाकोटको ८८ वडा मध्ये १८ वडाको मतगणना सकिएको छ । मतगणना सकिएको वडाहरु मध्ये नेपाली कांग्रेसले ७ वटा, नेकपा (माओवादी केन्द्र) ले ६ वटा र नेकपा एमालेले ५ वटा वडामा विजयी हासिल गरेको छ ।
नेपाली कांग्रेसबाट म्यागङ गाउँपालिका १ मा जिमाबहादुर तामाङ, पञ्चकन्या गाउँपालिका १ मा महानन्द ढकाल, किस्पाङ गाउँपालिका १ मा पशुपती घले, तारकेश्वर गाउँपालिका ५ मा अशोक तामाङ, तादी गाउँपालिका– १ मा नकुरदोङ तामाङ, लिखु गाउँपालिका १ मा नरहरी पाण्डे र सूर्यगढी गाउँपालिका २ मा दिपक अधिकारी विजयी हुनुभएको छ । 
यसैगरी, नेकपा (माओवादी केन्द्र) बाट तादी गाउँपालिका २ मा बच्चुराम तामाङ, शिवपुरी गाउँपालिका १ मा सुकुराम तामाङ, सूर्यगढी गाउँपालिका १ मा राजकुमार तामाङ रञ्जित, दुप्चेश्वर गाउँपालिका १ मा सिताराम तामाङ, २ मा बिरबल तामाङ र ककनी गाउँपालिका १ मा पदमबहादुर बलामी विजयी हुनुभएको छ । 
यसैगरी, नेकपा एमालेबाट तारकेश्वर गाउँपालिका ६ मा नारायणप्रसाद रिमाल, म्यागङ गाउँपालिका २ मा सन्तबिर तामाङ, वेलकोटगढी नगरपालिका १ मा सन्तबहादुर तामाङ, लिखु गाउँपालिका २ मा प्रेमबहादुर थापा मगर र विदुर नगरपालिका १ मा लेलिन रञ्जित विजयी हुनुभएको छ । १२ वटै स्थानिय तहमा मतगणना जारी रहेको छ ।