तादी गाँउपालिका : अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र विजयी ( मत बिबरण सहित)

प्रभा ढुङ्गाना
प्रभा ढुङ्गाना

२०७९ जेष्ठ २, सोमबार

तादी गाँउपालिका, सन्तमान तामाङ, किरणकुमार रिजाल, सञ्जु प्याकुरेल श्रेष्ठ, उपाध्यक्ष

नुवाकोटको तादी गाँउपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट सन्तमान तामाङको विजयी हुनुभएको छ । तामाङले ३ हजार २ सय ४१ मत प्राप्तगरी विजयी हुनुभएको हो । यहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका किरणकुमार रिजालले २ हजार ५ सय १८ मत प्राप्त गर्नुभएको छ । 
यसैगरी, नेकपा समाजबादीका कृष्णप्रसाद लामिछानेले १ हजार ९ सय ४० र नेकपा एमालेका विजयकुमार खनालले १ हजार ८ सय ३० मत प्राप्त गर्नुभएको छ । अध्यक्षमा विजयी हुनुभएका तामाङ यसअघि जिल्ला समन्वय समिति नुवाकोटको प्रमुख पदमा हुनुहुन्थ्यो । 
यसैगरी, उपाध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका सञ्जु प्याकुरेल श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले ३ हजार ३ सय ९७ मत प्राप्तगरी बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसबाट उम्मेदवार बन्नुभएका ईश्वरी उप्रेतीले २ हजार ७ सय ७८ मत प्राप्त गर्नुभएको छ । 
नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका अस्मिता तामाङले १ हजार ६ सय ६३ र नेकपा समाजबादीका सरु मिश्र उप्रेतीले ७ सय २२ मत प्राप्त गर्नुभएको छ । 

तादी गाँउपालिका, सन्तमान तामाङ, किरणकुमार रिजाल, सञ्जु प्याकुरेल श्रेष्ठ, उपाध्यक्ष

६ वटा वडा रहेको तादी गाँउपालिकामा कुल १० हजार ८ सय ५६ मत खसेको थियो । नेपाली काँग्रेसले अध्यक्ष सहित २ वडामा जित हासिल गरेको छ भने माओवादी केन्द्रले उपाध्यक्ष सहित ३ वडामा जित हासिल गरेको छ । नेकपा एमालेले भने १ वडामा वडा अध्यक्ष मात्र जित हासिल गरेको छ । 

तादी गाँउपालिका, सन्तमान तामाङ, किरणकुमार रिजाल, सञ्जु प्याकुरेल श्रेष्ठ, उपाध्यक्ष