तारकेश्वर गाँउपालिका : गठबन्धन विजयी, कुन वडामा कस्ले वाजी मारे ? 

पार्वती बिश्वकर्मा
पार्वती बिश्वकर्मा

२०७९ जेष्ठ २, सोमबार

तारकेश्वर गाँउपालिका, नेपाली काँग्रेस, गठबन्धन, माओवादी केन्द्र

नुवाकोटको तारकेश्वर गाँउपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्र विच भएको गठबन्धन दल विजयी भएको छ । अध्यक्षमा नेपाली काँग्रेसबाट शिव अधिकारी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका हरिप्रसाद रिमाल विजयी हुनुभएको छ । 
वडा नम्बर १ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार चक्रबहादुर तामाङ सहित नेपाली काँग्रेसको प्यानलनै विजयी भएको छ । वडा नम्बर २ मा नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका शिव पनेरुको प्यानलेनै विजयी छ । वडा नम्बर ३ मा नेपाली काँग्रेसबाट उम्मेदवार बन्नुभएका सुर्यमान श्रेष्ठको प्यानलनै विजयी भएको छ । 
वडा नम्बर ४ मा नेकपा एमालेका हरि पौडेल र वडा नम्बर ६ मा नेकपा एमालेकै नारायण रिमालले जित हासिल गर्नुभएको छ । त्यसैगरी वडा नम्बर ५ मा नेपाली काँग्रेसबाट उम्मेदवार बन्नुभएका अशोक तामाङको प्यानलनै विजयी भएको छ ।
तारकेस्वरमा नेकपा एमालेले हालका पालिका अध्यक्ष रमेश वस्ती पालिका अध्यक्षमा र कोपिला भट्टलाई उपाध्यक्ष पदको लागी गठबन्धनसंग चुनावी प्रतिस्पर्धाको लागी छनौट गरेको थियो ।