ककनीमा माओवादी केन्द्र : ६ सय मत गन्न बाँकी रहँदा ७ सय १९ मतले अग्रता

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७९ जेष्ठ ३, मंगलबार

माओवादी केन्द्र, ककनी गाँउपालिका, नुवाकोट

नुवाकोटको ककनी गाँउपालिकामा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष र उपाध्यक्ष उम्मेदवारहरु विजयको नजिक पुगेका छन् । ६ सय मत गणना गर्न बाँकी रहँदा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार सुमन तामाङ सज्जनको ७ सय १९ मतले अग्रता रहेको छ । उहाँले ४६७४ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका नवराज घिमिरेले ३९५५ र नेकपा एमालेका कासिराज अधिकारीले ३३७५ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार मिठुमाया तामाङको ३ सय ४३ मतको अग्रता रहेको छ । उहाँले ३९९७ मत पाउनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार प्रमिशा तामाङले ३६५३ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका उपाध्यक्षका पदका उम्मेवारको ३५२० मत रहेको छ ।