किस्पाङमा एमालेबाट अध्यक्ष माओवादी केन्द्रबाट उपाध्यक्ष विजयी

प्रभा ढुङ्गाना
प्रभा ढुङ्गाना

२०७९ जेष्ठ ३, मंगलबार

एमाले, माओवादी केन्द्र, किस्पाङ गाँउपालिका

नुवाकोटको किस्पाङ गाँउपालिकामा नेकपा एमालेबाट अध्यक्ष र माओवादी केन्द्रबाट उपाध्यक्ष विजयी भएका छन् । नेकपा एमाले र माओवादी केन्द्रविच भएको तालमेलमा एमालेका तर्फबाट बिरवल तामाङ र माओवादी केन्द्रको तर्फबाट अर्जुन न्यौपाने विजयी हुनुभएको छ । 
प्रँप्त बिबरण अनुशार अध्यक्षमा विजयी तामाङले ३६३८ मत प्राप्त गरी १८६ मतान्तरले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका छत्र लामाले ३४५२ मत प्राप्त गर्नुभएको छ । 
यस्तै, उपाध्यक्षमा विजयी न्यौपानेले ३७१२मत प्राप्त गरी ५१५ मतान्तरले विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका दिलकुमारी मोक्तानले ३१७७ मत प्राप्त गर्नुभएको छ । 
५ वटा वडा रहेको किस्पाङमा ३ वडामा नेपाली काँग्रेस र २ वडामा माओवादी केन्द्रले विजय हासिल गरेको छ । गाँउपालिकाको
 

एमाले, माओवादी केन्द्र, किस्पाङ गाँउपालिका

वडा नम्बर १ मा नेपाली काँग्रेसबाट पशुपति घले विजयी हुनुभएको छ । वडा नम्बर २ मा माओवादी केन्द्रबाट बद्री देवकोटा र वडा नम्बर ३ मा माओवादी केन्द्रबाटै सुरेन्द्र तामाङ विजयी हुनुभएको छ । वडा नम्बर ४ मा नेपाली काँग्रेसबाट विनोद तामाङ र वडा नम्बर ५ मा नेपाली काँग्रेसबाटै प्रकाश तामाङ विजयी हुनुभएको छ । 

एमाले, माओवादी केन्द्र, किस्पाङ गाँउपालिका