केसी परिवारको ६० बर्षे योगदान : क्षेत्र नम्बर १ का जनताले डाक्टर केसीलाई रोज्ने 

जगदीश खनाल
जगदीश खनाल

२०७९ जेष्ठ २८, शनिबार

 केदारनरसिंह केसी, प्रकाशरण महत, नुवाकोट

नेपाली कांग्रेसका नेता डाक्टर केदारनरसिंह केसीले नुवाकोटको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गर्नुभएको छ ।
 
डाक्टर केसीले आफ्नो फेसबुक पेज मार्फत २०४८ सालपछिका कुनै पनि निर्वाचनमा आफ्नो जन्मथलोबाट प्रतिनिधित्व गर्ने गरी अघि बढ्न नपाएको भन्दै चुनाव लड्न चाहेको उल्लेख गर्नुभएको छ । 

कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशरण महतले क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरेको प्रचार भएको तेस्रो दिननै डाक्टर केसीले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको हो । 

नुवाकोट लगायत अन्य जिल्लामा समेत नागरिकहरुले प्रतक्ष्य लाभ लिनेगरी सेवा दिदै आउनुभएका केसीले नुवाकोट क्षेत्र नम्बर १ का जनताले आफुलाई रुचाएको उल्लेख गर्नुभएको छ । 
डाक्टर केसीको फेसबुक स्टाटस
 

 केदारनरसिंह केसी, प्रकाशरण महत, नुवाकोट

नुवाकोटमा आईपरेका हरेक विपत्ती देखी अन्य सामाजिक कार्यको लागी जस्तोसुकै परिस्थितिमा पनि अग्रस्थानमा रहेर कार्य गर्दै आउनुभएका केसी परिवारको जनताको माझ अन्य नेताहरुमा फरक गुण भएको मानिन्छ । 

“जनताको साधारण पिरमर्कामा घरदैलोमै आएर साथ दिदै आउनुभएका नेताको उम्मेदवारी घोषणाले जनता खुसी देखिन्छन” शिवपुरीका एक नेताले भन्नुभयो उहाँलाई अहिले हैन २० बर्ष अगाडी देखीनै नुवाकोटका जनताले राजनितिमा आउन आग्रह गरेका थिए नुवाकोटका जनताको त्यो ईच्छा अब पुरा हुने देखियो ।  

केसी पविारको नुवाकोटको समग्र विकास निर्माण देखी शिक्षा र स्वास्थ क्षेत्रमा अतुलनिय योगदान रहेको छ । २०७२ को विनासकारी भुकम्प, २ बर्षे लामो कोरानात्रासमा जिल्लामा अग्रभागमा रहेर त्रासमा रहेका जनताको सेवामा केसी परिवार तल्लिन रहेको थियो । 

जिल्लाको दुर्गम भेगका नागरिकहरुको स्वास्थ्यको मध्यनजर गर्दै २० औँ बर्षदेखी बिशेषज्ञ डाक्टरहरु सहितको निशुल्क स्वास्थ्य शिविर, निशुल्क औषधी बितरणलगायत शैक्षिक क्षेत्रमा सुधारको लागी ४० भन्दाबढि बिद्यालयहरुमा आधुनिक शैक्षिक समग्रीहरु बितरण गर्दै आउनुभएको छ भने प्रत्येक बर्ष एसईइ परिक्षामा उत्कृष्ट अंक ल्याउने नुवाकोट र रसुवाका छात्रछात्राहरुलाई पुरस्कार र सम्मान गर्दै आउनुभएको छ । 
 
विगत ६० बर्षदेखी नुवाकोटका नागरिकहरुको सुखदुखमा साथ दिदै आएका केसी परिवारको ४ जना दाजुभाई नेपाली काँग्रेसको सक्रिय राजनितिमा रहनुभएको छ ।

डाक्टर केसीका जेठादाजु अर्जुनरसिंह केसी राजनितिमा प्रभावसाली व्यक्तिको रुपमा रहनुभएको छ भने भाई जगदीश्वर नरसिंह केसी र धनन्जय नरसिंह केसीपनि नेपाली काँग्रेसमा प्रभाव जमाउन सक्ने नेताको रुपमा रहदै आउनुभएको छ ।