नगरबासीको हितमा काम गर्न एमसिसि परियोजनासंग बेलकोटगढी नरपालिकाले राख्यो विभिन्न मागहरु
प्रभा ढुङ्गाना
२०७९ जेष्ठ २८, शनिबार

नुवाकोटको बेलकोटगढी नगरपालिकाले एमसिसि परियोजना संग प्रभावित क्षेत्रको लागी विभिन्न मागहरु राखेको छ । नगर पालिकाले राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको परियोजनालाई सहयोग गर्ने र उक्त परियोजनाको कारण नगरपालिकाले ठुलो परिणाममा कृषि योग्य जमिन गुमाउन परेकोले समग्र नगर बासिको हितमा कार्य गर्नको लागी नगर प्रमुख जगतबहादुर लामाले माग गर्नुभएको छ ।
परियोजनाको नेपालको लागी कार्य गर्ने एमसिय नेपाल र सामाजिक जिवनयापन सम्बन्धी कार्य गर्दै आएको सप्रोस नेपालले बेलकोटगढीको वडा नमबर ७ रातमाटेमा एमसिसि परियोजना संग प्रभावित हरुको लागि जीवन उपयोगि हुने कार्य गर्ने भएको छ ।
प्रतिनिधीहरु संगको भेटमा नगर प्रमुख लामाले परियोजना निर्माणलाई पुर्ण रुपमा नगरपालिकाले सहयोग गर्ने बताउँदै परियोजना मार्फत पनि नगरको बिकासमा पुर्ण सहयोगको लागी माग गर्नुभएको छ ।
नगर प्रमुख लामाले एमसिसि परियोजनाका कारण नगरपालिकाले ठुलो सम्पत्तिको रुपमा खेतीयोग्य जमिन गुमाउनुका साथै सानाठुला गरी धेरै उद्योगहरु गुमाएकाले आगामी दिनमा नगरबासीको हितमा कार्य गर्नको लागी माग गर्नुभएको छ ।
बेलकोटगढी नगरपालिकाले राखेको मागहरु :
१. एमसिसि परियोजनाले वडा नम्बर ७ लगायत १३ वटै वडामा प्रविधिक शिक्षा,स्वास्थ र यतायतमा सहजकर्ता को रुपमा काम गर्नु पर्ने ।
२. परियोजनाले नियुक्ति दिने कर्मचारीको हकमा बेलकोटगढिलाई पहिलो प्रथामिक्तामा राख्नुपर्ने ।
३. भुमिहिनहरुको रुपमा पुगेको बेल्कोटगढि ७ का जनताको निमित्त पुनर्वासको व्यवस्था गर्नुपर्ने ।
४. देश संघिय लोकतान्त्रिक गणतन्त्रकोको रुपमा रहेको र सोहि अनुसार राज्यको नेतृत्वदायी भुमिका निर्वाहगरी रहेको अवस्थामा दलित, जनजाति, गरिब, सिमान्तकृत, अल्पसंख्यक भनेर आरक्षण छुट्याउदा सहिद तथा बेपता परिवारलाई पनि समेटनुपर्ने ।
५. एमसिसि परियोजनाको निर्माणाधीन भौतिक संरचना बिकास र अन्य कार्हरुमा आउने बाधा अचर्ना र समस्यामा भोलि स्थानिय सरकारलेनै यसको सहजकर्ताको भुमिका निभाउनु पर्ने ।
६. परियोजनाले कम्तिमा पनि नगर भित्रको २ वटा पक्कि सडक निर्माण गर्नुपर्ने मागहरु नगर प्रमुख जगतबहादुर लामाले एमसियका प्रतिनिधि मार्फत राख्नु भएको छ ।
प्रतिनिधीहरु संगको भेटमा नगरका उप प्रमुख शिवप्रसाद दाहाल र प्रमुख प्रसासकिय अधिकृत दिपक खतिवडालगायतको सहभागिता रहेको थियो ।