बिजुलीको तारमा झुन्डिएका माईला विकको ९ घण्टापछि नेपाली सेनाद्धारा उद्धार

प्रभा ढुङ्गाना
प्रभा ढुङ्गाना

२०७९ जेष्ठ २८, शनिबार

माईला विक, बिजुलीको तार

नुवाकोटमा एक पुरुषले विद्युत प्रशारण लाइनको तारमा झुन्डिएर शनिबार दिनभर प्रहरी र स्थानियलाई हैरानी खेलाएका छन् । 
शनिवार बिहान ९ बजे विद्युत प्रशारण लाइनको टावरबाट तारमा पुगेका उनलाई ९ घण्टापछि नेपाली सेनाले उद्धार गरेको छ । उनी नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विश्वकर्मा हुन् । विश्वकर्मा शनिबार बिहान ९ बजेदेखी २ सय २० केभीको प्रशारण लाइनमा हिँडेका थिए । 
उनी परिवारसँग झगडा गरेर बिजुलीको तारमा चढ्न पुगेको स्थानीयले बताएका छन् । बिहान शनिबार ९ बजेतिर तारमा पुगेर हिँड्न थालेका थिए । स्थानिय र प्रहरीले विभिन्न लोभलालच देखाउँदा समेत उनी तारबाट ओर्लिएका थिएनन् । प्रहरी र स्थानीय उनलाई फकाउन दिनभर लागि परेका थिए ।  मानसिक सन्तुलन गुमाएका उनी बिहान परिवारलाई खुकुरी देखाएर झगडा गरेको स्थानिय रामकृष्ण तामाङले बताउनुभएको छ ।   
विद्युत प्रशारण लाइनमा विक पुगेपछि विद्युत प्राधिकरणले माथिल्लो त्रिशुली थ्री ए को उत्पादन ९ घण्टा बन्द हुन पुगेको थियो । 
उनि विजुली प्रशारण लाइनमा चढेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको थियो । उद्धारका लागी विदुरबाट सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याल सहित नेपाल प्रहरी, शषस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनाको टोली त्यसतर्फ गएका थिए ।   
स्थानिय र प्रहरीको दिनभरको प्रयासमा केहिगरी पनि फकाउन नसकेपछि हेलिकप्टर मार्फत उद्धारको लागी पहल गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताउनुभएको छ । 
ककनी गाउँपालिकाको वडा नम्बर ७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा माइला विक चढेपछि प्राधिकरणले आफ्ना विद्युत आयोजना बन्द गरेर प्रशारण लाइनमा विद्युत प्रवाह समेत बन्द गरेको थियो ।