एकीकृत समाजवादीको निष्कर्ष : नुवाकोट माओवादीमा ईमान्दारिता देखिएन

नुवाकोट न्यूज
२०७९ असार ५, आईतबार

नेकपा एकीकृत समाजवादी नुवाकोटले माओवादी केन्द्र पार्टीमा जिम्मेवारी, प्रभावकारीता र इमान्दारिता नभएको निष्कर्ष निकालेको छ । समाजवादी नुवाकोटले स्थानिय निर्बाचनको समिक्षात्मक बैठकमा ‘नेकपा माओवादी केन्द्रसँग भएको सीमित सीटमा भएको गठबन्धनमा माओवादी केन्द्र जिम्मेवार नभएको, प्रभावकारीता र इमान्दारिता कायम नगरेको’ निष्कर्ष निकालेको छ ।
सनिवार जिल्ला अध्यक्ष गोविन्द नेपालीको अध्यक्षता तथा पोलिटव्यूरो सदस्य एवं इन्चार्ज राजेन्द्रप्रकाश लोहनीको प्रमुख आतिथ्यतामा बसेको समिक्षात्मक बैठकले उक्त निष्कर्ष निकालेको हो ।
बैशाख ३० गते सम्पन्न स्थानिय निर्बाचनमा केन्द्रिय गठबन्धन जुन मर्म र भावना अनुसार भएको थियो, सो अनुसार नुवाकोटमा गठबन्धन नभएको र नेकपा माओवादी केन्द्रसँग भएको सीमित सीटमा भएको गठबन्धनमा समेत माओवादी केन्द्र जिम्मेवार नभएको र माओवादीले इमान्दारिता समेत नदेखाएकोे पार्टीका पोलिटव्यूरो सदस्य एव इन्चार्ज लोहनीले बताउनुभएको छ ।
नेकपा एकीकृत समाजवादी जिल्ला कमिटि नुवाकोटको चौथो वैठक पुर्न संगठित हुँदै प्रभावकारी ढंगबाट संगठन निर्माण गर्दै अघि बढ्ने निर्णय समेत गरको जनाएको छ ।
बैठकका निर्णयहरु ः
१.स्थानीय तहको निर्वाचन २०७९ मा सहभागी भई विजयी हुने तथा पराजय हुने उम्मेदवार, मतदानमा सहभागी हुने मतदातालाई धन्यवाद दिने निर्णय भयो ।
२. स्थानीय निर्वाचन २०७९ मा भाग लिँदा पार्टी स्थापनाको छोटो समय भएकाले प्रतिष्पर्धाको लागि पार्टी कमिटि सक्षम भइनसकेको ।
३. गठबन्धन जुन मर्म र भावना अनुसार भएको थियो, सो अनुसार गठबन्धन नभएको ।
४.नेकपा माओवादी केन्द्रसँग भएको सीमित सीटमा भएको गठबन्धनमा माओवादी केन्द्र जिम्मेवार नभएको, प्रभावकारीता र इमान्दारिता कायम नगरेको ।
५.पुर्नसंगठित हुँदै प्रभावकारी ढंगबाट संगठन निर्माण गर्दै अघि बढ्ने निर्णय भयो ।