भुमिहिनको समस्या समाधानको लागी बेलकोटगढी नगरपालिका र राष्ट्रिय भुमि आयोगबिच सम्झौता 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७९ असार ५, आईतबार

बेलकोटगढी नगरपालिका, राष्ट्रिय भुमि आयोग

नुवाकोटको बेलकोटगढी नगरपालिकाका भित्र रहेका भुमिहिन दलित, सुकुम्बासी र अब्यवस्तित रुपमा बसोबास गरिरहेकाहरुको समस्याको समाधानको लागी नगर प्रमुख जगत लामाले पहल थाल्नुभएको छ । 
आईतबार नगरप्रमुख लामा सहितको टोलीले नगरपालिका भित्रको भुमिहिन, सुकुम्बासी र अब्यवस्तित रुपमा बसोबास गरिरहेकाहरुको समस्याको समाधानको लागी राष्ट्रिय भुमि आयोगसंग सम्झौता गर्नुभएको छ । 
आयोगले नगरपालिका भित्र रहेका भुमिहिन दलित, सुकुम्बासी र अब्यवस्तित रुपमा बसोबास गरिरहेहरुको समस्यालाई मध्यनजर गरी आवश्यक पहलको लागी सहकार्य र सहजीकरण गर्नेगरी सम्झौता गरिएको छ ।
 

बेलकोटगढी नगरपालिका, राष्ट्रिय भुमि आयोग

सम्झौतामा नगरपालिकाको तर्फबाट नगर प्रमुख लामा र प्रमुख प्रशासकिय अधिकृत दिपक खतिवडा र आयोगको तर्फबाट केन्द्रिय सदस्यहरु सरिता महर्जन र दाताराम खनालले हस्ताक्षर गर्नुभएको छ ।  
नुवाकोट जिल्लाको अन्य स्थानिय तहमा पनि भुमिहिन, सुकुम्बासीहरुको समस्याहरु रहेकाले अबश्यक सहयोग र सहजीकरणको लागी पहल गरिदिन राष्ट्रिय भुमि आयोगको कार्यालय पुग्नुभएका नुवाकोटका अध्यक्ष अर्जुन न्यौपानेले आयोगसंग आग्रह गर्नुभएको छ ।