सुर्यगढीका महिलाहरुको लागी नमुनायोग्य पालिका बनाउछु : उपाध्यक्ष ढकाल

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७९ असार १३, सोमबार

सुर्यगढी गाँउपालिका,

सुर्यगढी गाँउपालिका उपाध्यक्ष मञ्जु बुढाथोकी ढकालले आगामी ५ बर्षे कार्यकालमा उदाहरणिय कार्यकासाथ नमुनायोग्य सुर्यगढीको परिकल्पना गरेको बताउनुभएको छ । 
आर्थिक वर्ष २०७९÷८० बजेट प्रस्तुत गर्दै उपाध्यक्ष ढकालले सुर्यगढीलाई नमुनायोग्य गाँउपालिका बनाउन महिलाहरुको लागी बिशेष खालका कार्यक्रमहरु ल्याईने बताउनुभएको छ ।
विगतमा प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै आर्थिक, सामाजिक र साँस्कृतिक सबै क्षेत्रको तिब्र विकास गरी सम्बृद्ध र सुखी सुर्यगढीको आकाँक्षा पुरागर्ने लक्ष्यका साथ महिलाहरुको क्षेत्रका लागी नयाँ निति तथा कार्यक्रम र त्यसैअनुरुप बजेटको बाँडफाँड गरिने उहाँले बताउनुभएको छ ।
सुर्यगढीका महिलाहरुलाई आफैमा आत्मनिर्भर बनाउनको लागी उपाध्यक्षकै नेतृत्वमा वडागत रुपमै बिशेष खालका कार्यक्रमहरु सञ्चालन गरिने उहाँले बताउनुभएको छ । 
उपाध्यक्ष ढकालले आगामी आर्थिक वर्षको लागी अनुमानित ५१ करोड २५ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्ताव गर्नुभएको छ । 

 

आर्थिक वर्ष २०७९÷८० सुर्यगढी गाँउपालिकाले संघिय सरकार बाट ३६ करोड ३ लाख ४७ हजार र प्रदेशमार्फत ६ करोड ४४ लाख ५८ हजार रुपैयाँ प्राप्त भएको बजेटमा प्रस्तुत गरिएको छ । 
यसैगरी, प्रदेश पुर्वाधार स्वास्थ्य प्रवद्र्धन तथा कोभिड पुनस्थापना साझेदारी कार्यक्रमका लागी ७१ लाख ७६ हजार र भौतिक पुर्वाधार विकास कार्यक्रमतर्फ ७३ लाख रुपैयाँ वजेट प्राप्त भएको उपाध्यक्ष मञ्जु बुढाथोकी ढकालले प्रस्तुत गर्नुभएको बजेटमा उल्लेख गरिएको छ । 

You may also like: