सबैभन्दा धेरै मत नेकपा एमालेको

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७९ श्रावण १२, विहिबार

स्थानिय तह निर्बाचन, निर्बाचन,

गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्बाचनमा सबैभन्दा धेरै मत नेकपा एमालेले पाएको छ । निर्बाचनमा प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षमा नेकपा एमालेले सबैभन्दा धेरै मत पाएको हो । 
निर्वाचन आयोगले मङ्गलवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार एमालेले नगरपालिकाको मेयरमा २३ लाख ४८ हजार सात सय नौ र उपमेयरमा २२ लाख ७० हजार तीन सय २४ मत पाएको छ । 
यस्तै एमालेले गाउँपालिका अध्यक्षमा १४ लाख ७२ हजार नौ सय ५९ र उपाध्यक्षमा १४ लाख ११ हजार एक सय ७४ मत पाएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले नगरपालिकाको मेयरमा २२ लाख ७९ हजार तीन सय ६३ र उपमेयरमा १५ लाख १५ हजार तीन सय ९८ मत पाएको छ । यस्तै कांग्रेसले गाउँपालिका अध्यक्षमा १४ लाख ६७ हजार तीन सय ८८ र उपाध्यक्षमा १२ लाख ७१ हजार ५० मत पाएको छ ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले नगरपालिकाको मेयरमा ६ लाख २७ हजार ६ सय ९३ र उपमेयरमा नौ लाख ४९ हजार आठ सय ५८ मत पाएको छ । 
यस्तै माओवादीले गाउँपालिका अध्यक्षमा सात लाख १० हजार दुई सय १२ र उपाध्यक्षमा सात लाख ४६ हजार पाँच सय ४० मत पाएको निर्वाचन आयोगले सार्वजनिक गरेको छ । 

You may also like: