त्रिशुली अस्पतालमा हेमोडाईलासिस सेवा सुरु 

प्रभा ढुङ्गाना
प्रभा ढुङ्गाना

२०७९ श्रावण १२, विहिबार

मृगौला रोगी, हेमोडाईलासिस, दिपेन्द्र पाण्डे

त्रिशुली अस्पताल नुवाकोटले मृगौला रोगीहरुलाई मध्यनजर गर्दै हेमोडाईलासिस सेवा सुरु गरेको छ । अस्पतालको ५८ औ बार्षिकोत्सवको अवसर पारेर उक्त सेवा सूरु गरिएको हो । 

बार्षिकोत्सव कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र बिक्रम सिंह ठकुरीले देशभरको सरकारी अस्पतालहरुमा राम्रो र पहिलो बनेको त्रिशुली अस्पतालले अगामी दिनमा पनि बिश्वसनिय सेवा मार्फत थप सफलता हासिलको लागी सुझाव दिनुभएको छ । 
प्रमुख ठकुरीले ५० बेडको स्वीकृत अस्पतालले एकसय बेड सञ्चालन गरी कोभिड महामारीको समयमा अस्पताल र चिकित्सकहरुले गरेकोे सेवाको प्रशंसा गर्नुभएको छ ।

 

मृगौला रोगी, हेमोडाईलासिस, दिपेन्द्र पाण्डे


नुवाकोट, रसुवा र धादिङसहित तिन जिल्लाको केन्द्रमा रहेको पुरानो सरकारी अस्पताल र पछिल्लो समयमा गुणस्तरिय सेवा रहेकाले बिरामीहरुको चाप अधिक रहेको छ । ५९ जनाको स्थायी दरबन्दी भएता पनि २८ स्थायी कर्मचारीहरुले मात्र सेवा दिईरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर दिपेन्द्र पाण्डेले जानकारी दिनुभएको छ ।  
उहाँका अनुशार १० वटा क्लिनिकल विभागहरु संचालनमा रहेको अस्पतालमा १ सय ६७ जना कर्मचारीहरु बाट स्वास्थ्य सेवा सञ्चालनमा रहेकोे छ । 

गतबर्ष अस्पतालको बहिरङग विभागबाट ४६ हजार ४ सय ६५ जना, आकस्मिक विभागबाट १८ हजार ६ सय ९५ जना, अस्पतालमा भर्ना भएका ३ हजार ५ सय २३ जना, आईसियुमा ३ सय ३० र एनआईसियुमा मा ५१ जनालाई सेवा प्रवाह गरि ६५ हजार १ सय ६० जना बिरामीलाई सेवा प्रदान गरिएको डाक्टर पाण्डेले जानकारी दिनुभएको छ । 

यसैगरी गतबर्ष यस अस्पतालबाट मेजर सर्जरी ७ सय ५३ जना, माईनर सर्जरी बाट ५ हजार १ सय ३ जनालाई सेवा दिइएको उहाँले बताउनुभएको छ । 
प्रसुती सेवामा गतबर्ष नर्मल डेलीभरी मार्फत १ हजार ४ सय ४१ जना र शल्यक्रियाबाट ३ सय ३ जना महिलालाई प्रशुती सेवा दिईएको छ ।  प्रसुती सेवामा गतबर्ष नर्मल डेलीभरी मार्फत १ हजार ४ सय ४१ जना र शल्यक्रियाबाट ३ सय ३ जना महिलालाई प्रशुती सेवा दिईएको छ ।  

कार्यक्रममा म्यागङ गाँउपालिकाका अध्यक्ष आशा तामाङ, विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल लगायतकाको सहभागिता रहेको थियो ।

You may also like: