मच्छेदेवी कृषक सहकारी संस्थाको आठौ साधारण सभा सम्पन्न

जगदीश खनाल
जगदीश खनाल

२०७५ पौष २४, मंगलबार

कृषक सहकारी

सुर्यगढी गाँउपालिकाको वडा नम्बर ५ फेदीबेसीमा रहेको मच्छेदेवी कृषक सहकारी संस्थाको आठौ साधारण सभा सम्पन्न भएको छ । 
    सहकारीको आठौ साधारण सभाले पुरेन्द्रप्रसाद ढकालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । नयाँ चयन गरिएको कार्यसमितिको उपाध्यक्षमा सावित्रि अधिकारी, सचिवमा राजुप्रसाद उप्रेती, कोषाध्यक्षमा रामचन्द्र बोगटी रहनुभएको छ । 
यस्तै सदस्यहरुमा मोहनबहादुर खाती, केशरसिं अधिकारी, कृष्णराज गिरी, सावित्रि ढकाल र राजकुमार गिरी रहनुभएको छ । यस्तै लेखा समिति संयोजकमा बद्रीनाथ ढकाल रहनुभएको छ ।
४२ जना शेयरसदस्यहरु रहेको सहकारीले ९ लाख ६० हजार रुपैयाँ लगानी गरी ९ हजार २ सय रुपैयाँ कमाउन सफल भएको सहकारीका अध्यक्ष बाबुकाजी श्रेष्ठले  प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । सहकारीले बिशेषगरी कृषि क्षेत्रमा लगानी गर्दे कृषकहरुको आयआर्जनमा बृद्धि गर्नको लागी सहयोग पु¥याउदै आएको छ । 
नेकपाका नुवाका जिल्ला सदस्य पुर्णललाल श्रेष्ठको प्रमुख आथित्यतामा भएको कार्यक्रममा श्रीसम्पन्न बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भेलाशंकर गुरुवाचार्य, गणेश बहुदेश्यिय सहकारी संस्थाका अध्यक्ष मोहनराज बजगाई लगायतको सहभागिता रहेको सहकर्मी राजु गिरीले जानकारी दिनुभएको छ ।