श्रीराम श्रेष्ठको जापानीज शैलीका बाह्र डोडोइट्सुहरु

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ चैत्र २७, विहिबार

श्रीराम श्रेष्ठ

  
१,
बैंसको मायामोह
स्वाद चाख्न हत्तार
रित्तिएको जवानी
निलेको थुक ।
२,
कपटी मन तिम्रो
निम्तिएछ आपत
साहानुभूति खोज्दा
गोहीको आँसु ।
३,
रहर उचालिंदा
उर्लेको खहरे झैं
स्वार्थी बन्दै घुस्रेको
प्राप्ति नै शून्य  ।
४,
उत्तेजित समय
जागेछ कोप्ने इच्छा 
मनभित्रको शिला 
लागेन डोब ।
५,
मुसार्दाको स्पर्शले
ममता जाग्ने माया
आँखा छली तर्किदा
खोजेको भुल्न ।
६,
आफ्नै सम्झेर राखे
मुटुको भित्री कुना
कोपर्न थाल्यो घोंच्दै
बल्झियो व्यथा ।

७,
तिम्रो जाली मायामा 
नजिक बन्न खोज्दा
नियत नै उदाङ्गो
लुकेछ खुसी ।
८,
मायामा भुँइचालो 
नदीका दुई धार
बगेको रिस पोख्दै
दुस्ख पखाल्दै ।
९,
अँधुरो जिन्दगीमा 
अधकल्चो सपना 
खिल बन्दै घोंचेको
पीडा असह् य ।
१०,
थुप्रिएको रिसले
हुँदैन हितकर
हासेर मन जित्छ
त्यागौं घमण्ड ।
११,
जिन्दगीको दौडमा
समस्याले थचार्दा
थिलथिलो शरीर 
अनिल्दो निद्रा ।
१२,
बोल्न पनि नसक्ने
भावना गुम्सिएको
बुझ्दा पनि अचम्म 
घृणा आफैंमा ।
       श्रीराम श्रेष्ठ      
बट्टार, नुवाकोट