श्रीरामको ६ सिजो

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ चैत्र ३०, आईतबार

श्रीराम श्रेष्ठ 


१,
गाउँको सम्झनामा बितिदिन्छ रातदिन
सम्झना हरपल सधैंँजसो एकोहोरो 
बिर्सन गाह्रो भएछ स्वर्गतुल्य आनन्द ।
२,
गाउँको सम्झनामा टोलाएछु भित्रैभित्र
बिनाश निम्त्याएछ खोतलेर गाउँबस्ती 
राज्यको उपस्थितिमा मुठी कस्दै बढेको ।
३,
गाउँमा रमाइलो मेलापात सङ्गीसँगै
रमेर आफैभित्र मायाप्रेम जाग्न थाल्यो
अँध्यारो गाह्रो पर्दामा मनभित्रै बिर्सन ।

४,
ब्रिदिम गाउँबस्ती रमाइलो पुग्नेलाई
विकट भए पनि प्रकृतिको बरदान 
सम्झिँदा लामो समय साथ दिन्छ अगाडि ।
५,
मैलुङ बसाइँमा देखा पर्ने मनोभाव
उठेको चारैतिर वनैवन बस्ती छेउ
रातमा भासिने डर बतासको सुस्केरा ।
६,
भिरालो डाँडाकाँडा हरियाली अघिल्तिर 
बिहानी सूर्यराप खस्दा खस्दै पातलिँदा
देखिन्छ मुस्कुराएको अग्लो रुख  टुप्पामा ।

 श्रीराम श्रेष्ठ ,बट्टार नुवाकोट