नेपाल जेसिज क्षेत्र ‘ग’ को सम्मेलन नुवाकोटमा

करुणा लामिछाने
करुणा लामिछाने

२०७५ फाल्गुन १२, आईतबार

युवा

नेपाल जेसिज क्षेत्र ‘ग’ को सम्मेलन २०१९ नुवाकोटमा हुने भएको छ । १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरुको नेतृत्व एवं व्यक्तित्व विकासमा केन्द्रित नेपाल जेसिजले युवाहरुको माध्यमबाट नुवाकोटमा लगानीको वातावरण सिर्जना गर्न केन्द्रित हुने बताइएको छ ।  
    आउदो बेशाख २७ र२८ गते हुने सम्मेलनमा जिल्लामा रहेको सम्पदाहरुको प्रचारप्रसार र संर०ाण, धर्म सस्कृति सीप कला कौशलको प्रवर्धन र प्रचारप्रशार, पर्यटन प्रवर्धन, जिल्लाको आर्थिक विकास, व्यापार प्रवर्धन, पुराना पर्यटन विकास तथा नयाँ मार्गको पहिचान गर्न सम्मेलन गर्न लागिएको नुवाकोट जेसिज २०१९ का अध्यक्ष दुर्गाराज पाठकले जानकारी दिनुभएको छ । 

युवा

सम्मेलनमा क्षेत्र ‘ग’  अन्तर्गत जिल्लाका एक हजार युवा व्यवसायीहरुको सहभागिता गराएर वैदेशिक रोजगारीमा पलायन भएका युवा वर्गहरुलाई स्वरोजगार र नेतृत्वदायी भूमिकामा ल्याउने र औद्योगिक क्षेत्रको लागि पहल गर्ने अध्यक्ष पाठकले बताउनुभएको छ । 
सम्मेलनमा युवाहरुको नेतृत्व विकासको लागि तालिम, पर्यटन प्रवर्धनको  निम्थित बृत्तचित्र प्रदर्शनी, पुरातात्विक एवं ऐतिहासिक स्रङ्ग्रालयको विषयमा जानकारी, प्रदेश नमबर३ स्तरीय युवा सम्मेलन, युवा व्यवसायिहरु विच अनतरपक्रिया, नुवाकोटमा लगानीको सम्भावनाको विषयमा बहस गरिने नुवाकोट जेसिजले जनाएको छ । 
 

युवा