फुङफुङ झरना प्राङ्गारिक कफि सहकारीको आठौं साधारण सभा 

प्रभा ढुङ्गाना
प्रभा ढुङ्गाना

२०७७ मंसिर १२, शुक्रबार

फुङफुङ झरना

ककनी गाँउपालिकाको वडा नम्बर ६ भिर्कुनामा रहेको फुङफुङ झरना प्राङ्गारिक कफि उत्पादक सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । किसानहरुको लागि सहज वातावरण सृजना गरी ककनीको सबै वडालाई कफि विस्तार गराउने उद्धेश्यका साथ खाली रहेका बाँझो जग्गाहरुको सदुपयोग गरी किसानहरुलाई अग्रसर गराउनेमा जोड दिँदै आइरहेको सहकारीका अध्यक्ष सुकदेव ढुंगानाले बताउनुभएको छ । 
१० वर्षमा ५० हजार कफिको बिरुवा ककनी गाँउपालिकाको प्रत्येक वडा मा पुर्याउने र ५० प्रतिशत अनुदानमा वितरण गरी गाउँपालिकालाई कफिमय पालिका बनाउने लक्ष्य राखेको सहकारीले जनाएको छ  । 
त्यस्तै गाउँपालिकाले दिदै आएका बजेटमा थप गरेर प्रत्येक वडामा कफिको विस्तार, सहकारीलाई कफिको स्रोत केन्द्रको विकास र कफि विस्तारको लागि साथ र सहयोगको लागी गाँउपालिकालाई आग्रह गरिएको छ । कार्यक्रममा गाँउपालिकाका अध्यक्षन मानबहादुर लामाले ककनी गाँउपालिका नागरिकको आयआर्जनमा बृद्धिको लागी कफी सहिकारीको योगदान रहेकाले आगामी दिनमा पनि पालिकाको सहयोग जारी रहने बताउनुभएको छ । 

फुङफुङ झरना


कफि फर्मले बिरुवा उत्पादन गर्ने र ककनीका सबै वडाका किसानहरुलाई वितरणको जिम्मा समेत गाउँपालिकाले लिने अध्यक्ष लामाले बताउनुभएको छ । बिरुवा उत्पादनको लागत गाउँपालिकाले ब्यहोर्ने र ककनीका नागरिकहरुलाई बिरुवा बितरणको जिम्मा गाँउपालिकाले लिने उहााको भनाई रहेको छ । 
कार्यक्रममा अन्य बक्ताहरुले कृषिमा विभिन्न शिर्षकमा अनुदान आइरहेको हुँदा सम्पुर्ण किसानहरुले चासो दिएर कृषि सम्बन्धि गर्नुपर्ने काम गर्न र कृषिमा जोड दिन समेत आग्रह गगरिएको छ ।