छैटौ नुवाकोट महोत्सव घाटामा, होटलको खर्चले अत्यायो 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ मंसिर ३०, मंगलबार

छैटौ नुवाकोट महोत्सव, नुवाकोट उद्योग बाणिज्य संघ

नुवाकोट उद्योग बाणिज्य संघले १ बर्ष अगाडी गरेको महोत्सब घाटामा गएको छ । 
महोत्सबको आयब्यय प्रस्तुत गर्दै नुवाकोट उद्योग बाणिज्य संघका कोषाध्यक्ष दिनेश कुमार श्रेष्ठले गतबर्ष सञ्चालन गरेको छैटौँ नुवाकोट महोत्सवमा ५ लाख ७८ हजार रुपैयाँ घाटामा रहेको बताउनुभएको छ । 
२०७६ माघ १६ गते देखि २६ गते सम्म सञ्चालन भएको महोत्सबको अझै ५ लाख ६५ हजार रुपैयाँ तिर्न बाँकि रहेको छ । महोत्सब आयोजना गरेको स्थलको जग्गाको भाडा, सम्झौता भन्दा थप भएका कलाकारहरुको खर्च लगायत गरि ५ लाख ६५ हजार रुपैयाँ तिर्न बाँकि रहेको नुवाकोट उद्योग बाणिज्य संघले जनाएको छ । 
धार्मिक एतिहाँसिक कला सस्कृतिको सम्बद्र्धन, दिगो आर्थिक बिकासको लागी ब्यबसायिक प्रबद्र्धन भन्ने मुल नाराका साथ आयोजना भएको महोत्सवमा नुवाकोटका १२ वटै स्थानिय तहले सहयोग नगरेको नुवाकोट उद्यग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्किले बताउनुभएको छ । 

छैटौ नुवाकोट महोत्सव, नुवाकोट उद्योग बाणिज्य संघ


महोत्सब सकिएलगत्तै मुलुकमा कोरोना भाईरसको संक्रमण भयाबह भएको र मुलुक लामो समय सम्म बन्दाबन्दिमा परेका कारण स्थानिय तहहरुले सहयोग गर्न नसकेको उहाँले बताउनुभएको छ । साथै उहाँले होटलको खर्च सोचेभन्दा बढि भएका कारण महोत्सव घाटामा जानु अर्कौ कारण रहेको बताउनुभएको छ । १० दिनको महोत्सवमा १५ लाख रुपैयाँ बराबर होटलको खाना र खाजामा मात्र खर्च भएको बिल आएको उहाँले बताउनुभएको छ । 
बिगतमा भन्दा पृथक शैलिमा सञ्चालन भएको महोत्सबमा स्थानिय तहमा उत्पादन भएका सामानहरुको बजारीकरणको लागी ६० वटा स्टल निशुल्क रुपमा उपलब्ध गराएको थियो । यस्तै, महोत्सबमा नुवाकोट उद्ययोग बाणिज्य संघका सदस्यहरुलाई निशुल्क पासको ब्यबस्था, ज्येष्ठ नागरिकहरुलाई निशुल्क प्रबेस र बिद्यार्थिहरुलाई ५० प्रतिशत छुटको ब्यबस्था गरेको थियो । 
यस्तै, नुवाकोट उद्योग बाणिज्य संघले छैटो महोत्सबमा बिदुर नगरपालिकालाई १ लाख रुपैयाँ मनोरञ्जन कर तिरेको नुवाकोट उद्योग बाणिज्य संघका प्रबक्ता सबिनराज भण्डारीले बताउनुभएको छ । 
छैटौ नुवाकोट महोत्सबमा ८१ लख १४ हजार ७ सय १६ रुपैयाँ आय रहेको जनाएको छ । महोत्सबमा सबै भन्दा धेरै खर्च होटल तथा आबास र कलाकारहरुको शिर्षकमा गरेको छ । होटल खर्चमा १४ लाख ४७ हजार र कलाकारको शिर्षकमा १८ लाख ६९ हजार रुपैयाँ खर्च गरेको जनाएको छ । 
महोत्सब लगत्तै आयब्यय सार्बजानिक गर्ने जनाएता पनी मुलुकमा कोरोना भाइृरसको संक्रमणका कारण समयमै महोत्सबको आय ब्यय सार्बजानिक गर्न नसकेको नुवाकोट उद्ययोग बाणिज्य संघले जनाएको छ ।