विदुर नगरको वडावडामा स्वास्थ्य प्रयोगशाला सञ्चालनमा, नागरिकहरु उत्साहित

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ पौष २, विहिबार

विदुर नगर, स्वास्थ्य प्रयोगशाला, गेर्खु स्वास्थ्य चौकी, सञ्जु पण्डित

विदुर नगरपालिकाले चालु आर्थिक वर्षको निति तथा कार्यक्रममा उल्लेख गरे अनुुसार नगरपालिका भित्रका ५ वटा स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ । गत मंसिर १४ गतेबाट खड्गभञ्याङ्ग स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा ल्याइएकोे छ भने यसै हप्ता भित्र वडा नम्बर १३ को कल्याणपुर स्वास्थ्य चौकी,  वडा नम्बर ११ को गेर्खु स्वास्थ्य चौकी, नम्बर २ मा रहेको नुवाकोट स्वास्थ्य चौकीबाट प्रयोगशाला सञ्चालनमा आएको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जानकारी दिनुभएको छ । वडा नम्बर १२ मा रहेको चारघरे स्वास्थ्य चौकीबाट पुस ३ गते शुक्रबारबाट सञ्चालनमा ल्याईने विदुर नगरपालिकाले जनाएको छ । 
विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बिशेष र जटिल खालका रोगका बिरामीहरु बाहेक अन्य बिरामीहरुलाई गाँउघरबाटै सर्बसूलभ रुपमा स्वास्थ्य सेवा दिने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएकोले भरपुर सेवा लिनको लागी नागरिकहरुलाई आग्रह गर्नुभएको छ । 

विदुर नगर, स्वास्थ्य प्रयोगशाला, गेर्खु स्वास्थ्य चौकी, सञ्जु पण्डित


नागरिकको बास्तविक समस्या समाधानको लागि राज्यले खर्च गर्नपर्छ भन्ने मान्यताको साथ विदुर नगरपालिका स्वास्थ्य क्षेत्रको सुधारमा प्रयासरत रहेको मेयर पण्डितले बताउनुभएको छ ।
यस्तै, नगरपालिकाका उपमेयर गीताकुमारी दाहालले नागरिकलाई विस्वासको वातावरण बनाउनको लागि गाँउघरका घरदैलोमा रहेको स्वास्थ्य चौकीहरुलाई सुधार गर्दै आइरहेको बताउनुभएको छ । उहाँका अनुशार  स्वास्थ्य चौकीमा उपलव्ध सेवा लिन छाडेर नागरिकहरु सदरमुकाम तथा राजधानीको ठूला अस्पतालहरुमा धाउने परम्पराको अन्त्यको लागि विदुर नगरपालिकाको वडावडामा सञ्चालित स्वास्थ्य प्रयोगशालाबाट सहयोग पुग्ने बिश्वास लिएको बताउनुभएको छ ।
स्वास्थ्य प्रयोगशाला सञ्चालनको लागि आवस्यक कर्मचारी र सामाग्री सम्वन्धित स्वास्थ्य चौकीमा पुराइसकिएको विदुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक रामराजा भण्डारीले बताउनुभएको छ । 

विदुर नगर, स्वास्थ्य प्रयोगशाला, गेर्खु स्वास्थ्य चौकी, सञ्जु पण्डित


उहाँको अनुसार एक स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापनाको लागि कर्मचारी बाहेक ९ लाख रुपैयाँ बराबरको रकम लगानी गरिएको छ । 
जिल्ला अस्पताल त्रिशुलीबाट उपलव्ध हुने अधिकांस सेवाहरु उक्त प्रयोगशालाबाट पाइने र नेपाल सरकारले निशुल्क गरेको सेवा बाहेकका औषधोपचार गर्न परेमा ४२ प्रतिशत सम्मको छुट रहने जनस्वास्थ्य निरिक्षक भण्डारीले बताउनुभएको छ । उहाँको अनुसार आवस्यक परेको खण्डमा उक्त प्रयोगशालाबाट कोरोना भाइरस परिक्षणको लागि स्वाव समेत सङ्कलन गरिनेछ ।
 

विदुर नगर, स्वास्थ्य प्रयोगशाला, गेर्खु स्वास्थ्य चौकी, सञ्जु पण्डित