पत्रकार महासंघ नुवाकोटले ४ जना पत्रकारलाई सम्मानित र पुरस्कृत गर्दै

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ पौष २, विहिबार

पत्रकार महासंघ, पत्रकार महासंघ नुवाकोट, शरण उत्सुक सापकोटा

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको १० औ बार्षिक साधारणसभाको अवसरमा यस वर्ष पनि ३ जना पत्रकार पुरस्कृत हुदैछन् भने १ जना पत्रकार सम्मानित हुदैछन् ।
जिल्ला शाखा नुवाकोटले विगत २ वर्ष देखि नुवाकोटमा जन्मिएर सक्रिय रुपमा पत्रकारिता गरिरहेका तीन जनालाई पुरस्कृत र १ जनालाई सम्मन गर्दै  आइरहेको छ । यस वर्ष त्रिशूली प्रबाह साप्ताहिका प्रकाशक एवं सम्पादक शरण उत्सुक सापकोटालाई दिर्घसेवा सम्मान र अर्थपथ डटकमका सम्पादक बिष्णुराज जम्कट्टेल (बिष्णु तारुके)लाई स्वर्गिय मोहन विक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जानकारी दिनुभएको छ । 
जिल्ला शाखाका अध्यक्ष खनालका अनुसार सगरमाथा पोष्ट डटकमका सम्पादक रबिनप्रसाद थपलियालाई स्वर्गिय रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार र बिबिसी नेपाली सेवाका सम्वाददाता शक्तिमाया तामाङलाई महिला पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले यहि पुस ९ गते नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टको प्रमुख आतित्थतामा १० औ बार्षिक साधारणसभा आयोजना गरेको छ । 
सोही अवसरमा पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिने अध्यक्ष खनालले जानकारी दिनुभएको छ ।