फक्रन नपाउँदै चुँडिएको फुल

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ माघ २७, मंगलबार

छोरी

-रामचन्द्र तिम्सिना (आवाज)

छोरो नै चाहिने यो पुरुषवादी समाजले

भ्रुण पहिचान गरेर

लामो निस्कर्ष र कठिन संघर्ष पश्चात्

गर्वबाट बल्ल धर्ती देख्छिन छोरिहरुले।

भन्थे मान्छेहरुले

छोरी भएर जन्मिन कहाँ सजिलो छ र ?

अपवादमा बाहेक खान र लाउनमा

अनि पढ्न र बढ्नमा समेत

विभेदको सामना गर्दै हुर्किन्छिन छोरिहरु।

उहीँ तिम्रो रगतको डल्लो

सन्तान एकै होईन र आमा ?

आफ्नै घरमा त भेदभाव हुन्छ भने

परायाले पुज्छन भन्ने के आश गर्नु

आफ्नै मिहेनत र पौरखले

हुर्किनु पर्छ छोरिहरु

बाबा पिण्ड दिने छोराहरु मात्र

तपाईंको सन्तान हो र ?

छिद्रबाट हवास मात्र चिहाई रहने समाज छ

सामिप्यमा सहवास मात्र खोजिरहने

सोच छ प्रेममा

सम्भोग मात्र पर्खिरहने

कु-दृस्ठिबाट बचाउनु छ आफुलाई।

बाबा मान्छेहरुको मनस्थिति फेर्न सकिँदैन र ?

मलाई पनि पुतली जस्तै उड्न मन छ ।

जुनकिरी झैं बल्न मन छ ।

कोईली झैं गाउन मन छ ।

मयुर झै नाँच्न मन छ ।

आमा हामी छोरिहरुको रहर हुँदैन र ?

मेलापात र वनजंगलमा जोगिनु छ शिकारीबाट ।

स्कुल र कलेजमा बच्नु छ गिद्दे दृस्ठिबाट ।

आमा फक्रन नपाउँदै चुँडिने फुल फुलायौ किन ?