प्रदेश २ का प्रमुख अहिराजद्धारा धार्मिक एवं पर्यटकीयस्थलको भ्रमण तथा अवलोकन 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ चैत्र २८, शनिबार

राजेश अहिराज

-रिना खनाल

प्रदेश नम्बर २ का प्रमुख डाक्टर राजेश अहिराजले नुवाकोटका विभिन्न धार्मिक एवम् पर्यटकीयस्थलको भ्रमण तथा अवलोकन गर्नुभएको छ । मनाङ, कास्कीको पोखरा, गोर्खा दरवार हुँदै नुवाकोट दरवार परिसरसम्म आईपुग्नुभएका अहिराजले शनिबार नुवाकोट दरवारको अवलोकन तथा भैरबी देबि मन्दिरको दर्शन समेत गर्नुभएको छ । 
त्यस्तै दरवार नजिक रहेको एडभेण्चर प्रालीले संचालमा ल्याएको जिपलाइनको अवलोकन गर्नुको साथै जिपलाइन चढेर मज्जा समेत लिनुभएको छ । जिपलाइनमा यात्रा गर्दा रमाइलो लागेको र
जिपलाइनले आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढाउनुको साथै जिल्ला र स्थानको परिचयमा अझ बढावा दिएको उहाँले बताउनुभएको छ । अवलोकनका क्रममा अहिराजले यस क्षेत्रलाई हाइकिङ, पदमार्ग एवं घरबास (होमस्टे) सहित पर्यटकीय गन्तव्य बनाउन सके यसबाट धेरै आम्दानी लिन सकिने बताउनुभएको छ । 
 

राजेश अहिराज

उहाँले यो क्षेत्र पर्यटकीय सम्भावना भएको क्षेत्र भएकाले यसलाई सोही अनुरुप विकास गर्न सुझाब दिनुभएको छ । 
अहिराजले गोर्खा दरवार परिसर अवलोकन गरी पृथ्वीनारायण शाहको शालिकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । सो क्रममा उहाँले देश निर्माणका परिकल्पनाकार र नेपाल स्थापना गर्न पु¥याएको योगदानका आधारमा अझै पनि पृथ्वीनारायण शाहप्रति उच्च सम्मान गर्नुपर्ने बताउनुभएको छ ।