पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेलको टिम निर्वाचित

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ चैत्र २८, शनिबार

विपुल पोख्रेल, पत्रकार महासंघ

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित हुनु भएको छ । 
शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी बनेको हो । नवनिर्वाचित महासचिव रोशन पुरीका अनुसार मतगणना सकिएको र अध्यक्षमा विपुल पोख्रेल २ हजारभन्दा बढी मतान्तरले विजयी हुनु भएको हो । 
अध्यक्ष पोख्रेलले प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलका निर्मला शर्मालाई पराजित गरेका हुन् । त्यस्तै सोही प्यानलका माधव नेपाललाई हराउँदै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट विजयी भएका छन् ।
महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएकी छन् । उनले शर्मा प्यानलकी दाना केसी सुवेदीलाई हराएकी हुन् । समावेशी उपाध्यक्षमा अवधेश झालाई पराजित गर्दै पोख्रेल समूहका उदय जिएम निर्वाचित भएका छन् । महासचिवमा रोशन पुरी विजयी भएका छन् । 
मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन भएको हो । २५ गते ७७ वटै जिल्लामा प्रत्यष प्रणली अन्तर्गत निर्बाचन भएको थियो ।