सुलभ फार्मेसीद्धारा स्वास्थ्य सामग्री सहयोग

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ बैशाख २५, शनिबार

सुलभ फार्मेसी, त्रिशुली अस्पताल, पत्रकार महासंघ

नुवाकोटको बट्टार बजारमा सञ्चालनमा रहेको सुलभ फार्मेसीले जनस्वास्थ्य कार्यालय, त्रिशुली अस्पताल र पत्रकार महासंघ नुवाकोटलाई स्वास्थ्य सामग्रीहरु बितरण गरेको छ ।  फार्मेसीले समुदाय स्तरमै फैलदो अवस्थामा रहेको कोभिड १९ को संक्रमणबाट बच्नको लागी मास्क, सेनिटाईजर र फेस होल्ड सहयोग स्वरुप बितरण गरेको फार्मेसीका संचालक निरन जिसीले जानकारी दिनुभएको छ । 
फार्मेसीले केहि दिन अघि फ्रन्टलाइनमा काम गर्ने सशस्त्र प्रहरीलाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको थियो । वितरण गरिएको स्वास्थ्य सामाग्रीहरुमा फेस शिल्ड ६० पिस, सर्जिकल माक्स ३ सय पिस, सेनिटाइजर ६ लिटर, सेनिटाइजर स्प्रे १ लिटर रहेको छ । 
 

सुलभ फार्मेसी, त्रिशुली अस्पताल, पत्रकार महासंघ