घरमै बस्नुस, तपाईहरुको बाँकी सुरक्षा म आफै गर्छु : अध्यक्ष छत्र लामा

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ जेष्ठ ४, मंगलबार

छत्र लामा, किस्पाङ गाउँपालिका, अक्सिजन सिलिण्डर

कोरानाको दोश्रो भेरियण्टले समुदाय स्तरमै भयावह रुप लिन थालेपछि नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष आफै किस्पाङबासीको सुरक्षाको लागी खटिनुभएको छ । अध्यक्ष छत्र लामाले गाँउपालिकामा रहेका विभिन्न कम्पनीहरुसंग हातेमालो गरी आफैले अक्सिजन सिलिण्डरको व्यवस्थापन गर्नुभएको छ ।  
गाउँपालिकाका अध्यक्ष लामाका अनुशार गाँउपालिकाको खर्चमा आईसोलेसन कक्ष सहित ४० वटा अक्सिजन सिलिण्डरको व्यवस्था मिलाईएको छ । गाउँपालिकाले कोरोना संक्रमितहरुको लागी वडा नम्बर ३ को काहुले स्वास्थ्य चौकीमा १० वटा आइसोलेसन कक्षको तयार गरेको छ । 
किस्पाङबासीलाई आईपर्ने हरेक विपत्तीमा अग्रभागमा आफै उपस्थित भएर समस्याको समाधान गर्दै आउनुभएका लामाको अघिल्लो बर्षपनि कोरोना नियन्त्रण र किस्पाङबासीको स्वास्थ्य सुरक्षाको लागी अहम भुमिका रहेको थियो । 
कोभिड–१९ को सङ्क्रमण तिव्र रुपमा फैलिरहेको अवस्थामा किस्पाङ गाउँपालिकाले विभिन्न जनचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको छ । अहिलेसम्म किस्पाङ गाउँपालिकाका ७६ पुरुष र २२ महिला गरी कुल ९८ जना सङ्क्रमित भएका छ । हाल गाउँपालिकामा ३४ पुरुष र १२ जना महिला होम आईसोलेसनमा रहेका छन् भने मंगलबार एक महिलाको उपचारको क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएसंगै किस्पाङ गाँउपालिकाको २ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाईसकेका छन् । 
अध्यक्ष लामाले घरमै बसेर सुरक्षका मापदण्डहरु अपनाई सुरक्षित रहनको लागी सम्पुर्णमा आग्रह समेत गर्नुभएको छ ।