तिमी त धेरै महान छौ बलवान छौँ त्यसैले त स्वास्थ्यकर्मी कुट्छौ, अस्पताल फोड्छौं

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ जेष्ठ १५, शनिबार

स्वास्थ्यकर्मी , अस्पताल, नेपालगञ्ज स्वास्थ्यकर्मी कुटपिट

- सल्मा बेगम, काठमाडौ

फेरी बग्नेछन् रगतका खोलाहरू,
फेरी थुप्रिन छन् लास माथि लासका थुप्रोहरु,
एकातिर लम्पसार पर्नेछन् एक मुठी सास फेर्न नपाई छ्टपटाईरहेकाहरु,
फेरी अर्को तर्फ ढल्नेछन तिनलाई बचाउनको लागि
लगातार सिपीआर ठोक्दैगरेका हरु,
एकनासले यड्रीनालिन र यत्रोपिन घोल्दै गरेकाहरु,
अक्सिजन प्रोङ जोड्दै गरेकाहरु,
उही सेतो कोट पहिरिएर जीवन बचाउन लागि परेकाहरु

मलाई लाग्छ उनीहरू गल्ती गरेर सेतो कोट लगाउँछन्,
मूर्ख बनेर देश र जनतालाई सेवा गर्ने सपना सजाउछन,
तपाईहरु सञ्चो हुन्छ, चिन्ता नगर्नुस् हामी छौँ भनी कराउँछन्,
हो उनीहरुले गल्ती मात्र हैन महागल्तीनै गरेका हुन्,
घरपरिवार छोडेर उनीहरू कर्तब्यनिष्ठ बनेका हुन्,
भोक तिर्खा प्यास सबै पिपिई भित्र लुकाई सहेका हुन्
आफ्नु जिन्दगीको पर्वाह नगरी हाम्रै लागि लडेका हुन् ।
हो उनीहरुले गल्ती नै गरेका हुन् ।

उनीहरुलाई नेपाल बन्दले छुँदैन,लक डाउन ले छुँदैन, 
चाडपर्वले छुँदैन, महामारीले पनि छुँदैन,
किनकि तिमीले देखेको र सोचेको जस्तो 
जागिर खानकै लागि, 
हाजिरी लगाउनकै लागि,
तलब बुझ्नकै लागि मात्र उनीहरु कार्यस्थल पुगेका हुँदैनन् ।

तिमी त धेरै महान छौँ, बलवान छौँ ।
त्यसैले त स्वास्थ्यकर्मी कुट्छौं
अस्पताल फोड्छौं
आन्दलन गर्दैगर्दा, तोडफोड गर्दैगर्दा
यदि तिमी घाइते भई हाल्यौ भने
मलमपट्टि गर्न कहा कुड्छौं ?

सरकार अन्धो छ, अन्धो मात्र होइन बहिरो पनि रहेछ,
हुन त संविधानलाई कुल्चिएर हिड्नेहरुलाई के भन्नु
हामीलाई पनि सुरक्षा देऊ भनेर कराउनु व्यर्थ रहेछ,
तिमी कुट्दै जाऊ, म सहँदै जान्छु
तिमी मेरा घाटी अठ्ठिने गरी च्याप ,
म ऐया दुख्यो समेत भन्दिन,
तिम्रा बलिया अहंकारी हात र क्रोधले भरिएका आँखा देखाउँदै आऊ,
म संयमित भई तिम्रा अगाडि घुँडा टेक्ने छु, सिर झुकाई उभिने छु,
फेरी तिम्रा आक्रोशले घाइते भएका शरीर लिएर ,
पेनले छट्पटी रहेका बिरामीको लागि यनेल्जेसिक पृष्क्राईब गर्नेछु
सिफ्ट भरी तिम्रा शरीरमा आएका स्वस्थ उताब चडाब रेकर्ड गर्नेछु 
तिम्रा भ्वाईसहरु मोनिटर गरिरहनेछु ।

स्वास्थ्यकर्मी , अस्पताल, नेपालगञ्ज स्वास्थ्यकर्मी कुटपिट

म तिमीले सोचेको जस्तो हिरो छैन,
कुनै जादू गर्न जान्ने पनि होइन,
म धड्किन बन्द भएका मुटुलाई फेरी धढकन सक्दिन,
अचल भई फुलेका आंखाका नानीलाई चलाउन सक्दिन
तर
तिमीले लगाएको आरोप  जस्तो अपराधी होइन,
ज्यानमारा होइन,
मेरा स्टेतले जब सम्म तिम्रा  मुटुका ढुकढुकी सुन्न सक्छु ,
मेरा औंलाले जबसम्म तिम्रा चलेका नाडीमा गति गन्न सक्छु
ईसीजिका धर्काहरु जबसम्म सीधा हुँदैनन् 
हजुर तबसम्म  बुझ्नु भयो नि तब सम्म
मेरा प्रायासहरु ,
मेरा पाइलाहरू
कहीं कतै रोकिँदैन ढगमगाउदैन
किनकी मैले पहिलो पटक सेतो कोट पहिरिदा 
एक हातमा तातो दियोको रापमाथि  अर्को हात राखी
ओत लिँदा, सपथ ग्रहण गर्दा
मैंले  त्यो पर्दैन भनेको थिइन ।
युद्ध त्यो युगमा हुने गर्दथ्यो,
युद्ध दुई मानव सभ्ययता बीच हुने गर्दथ्यो
हातहतियार र सिपाही फौजद्धारा बल र बहादुरीताको साथ हुन्थ्यो
युद्ध आजपनि भइरहेकोछ  दुई मानव सभ्यता बिच हैन
मानव र २० न्यानोमिटरको शुक्ष्म भाइरस बिच,
ठूलाठूला माइक्रोस्कोपले ठम्याउँन गार्हो बनाउने भाईरसले, ठुलाठूला सम्भ्यताका इतिहास बोकेका मानवलाई ढलाई रहेको देख्दा पनि
त्यही भाईरसबाट मानाब जिवन रक्षाको निम्ति तल्लीन,
युद्द मैदानमा त्यही सेतो कोट,स्टेट र ओटु मेसिन बोकेर होमिएका हरुलाई,
तिमी आफ्नो सत्रु ठान्दछौं भने ठान,
युद्द मैदान मा लड्दा लडदै सिथिल भयका आँखालाई हत्यारा मान्छौं भने मान,
एन ९५ मास्क भित्र गुम्सिएको तातो सास रहेसम्म ,
पिपिइ भित्र गुम्सिएका मेरा शरीर बाँचे सम्म,
तिम्रो रक्षा का निम्ति लडिरहने छु
किन कि म स्वास्थ्य कर्मी हु,
किन कि मैले यो गर्नु पर्दैन भनेर सपथ  लिएकी थिइन ।

अन्त मा सक्छौं भने माफ गर मेरो प्रिय सभ्य समाज ,
मैले तिम्रा आन्दोलन र आक्रोस को भासा हरु बुझिन,
किन कि मैले पढेका मेडिकल साइन्सको कितावको  कुनै पन्नामा 
मान्छे ले मान्छे लागि कुट्छन,
पिट्छन,मार्छन्  भनेर पढेको छैन
म बुझ्छु त केवल अनिदो आँखाको भाव  जसले हरेक पल बताइरन्छ ,
आऊ मलाई बचाउ, मेरा घाउका पिडाहरु कम गराउ,
त्यसैले म मौन बस्छु, तिम्रा अनगिन्ती अमानविक हर्कतहरुका अगाडि घुँडा टेक्छु,
किन कि
एस पी ओ २ नपुगेर स्वा स्वा गरेका बाबाहरुलाई,
१०४ ज्वरोले आगो झै तातेका जिउँदा शरीरहरुलाई
यस धर्तीमा जन्मन संघर्ष गरिरहेका र जन्माउन तयार रहेका आमा र नानीहरूलाई  
मेरै अनुपस्थतिले लास बनाई कात्रो मा बेरेको हेर्नुछैन ।

किन कि म एक स्वास्थ्यकर्मी हो ।
यही नै मेरो काम हो मेरो धर्म हो ।