विकास निर्माण र नागरिकको सुरक्षाको लागी पछि हट्ने छैन : नेता ढकाल

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ जेष्ठ २५, मंगलबार

रसुवा,  विनाशकारी भुकम्प, जनार्दन ढकाल

जिल्लाको विकास र नागरिकको सुरक्षाको लागी चुनावै जित्नपर्छ भन्ने छैन । चुनावै हारेर पनि जिल्लाको विकास र नागरिकको सुरक्षाको लागी प्रशंसायोग्य कार्यहरु गर्दै उदाहरणिय नेताको रुपमा रसुवाका जनार्दन ढकालको नाम अग्रपंतिमा आउने गरेको छ । नेकपा एमालेका नेता ढकालले रसुवा जिल्लाको विकास निर्माण र नागरिकको सुरक्षाको लागी आफु सदैव अग्रस्थानमा रहेर कार्य गरिरहने प्रतिबद्धता समेत जनाउनुभएको छ । 
जिल्लाको विकासका लागी गरेको सराहनिय कार्यहरुको रसुवाली नागरिकहरुले उच्च प्रशंसा समेत गर्दै आएका नेता ढकाल भौगोलिक रुपमा विकट रहेको रसुवा विकासको लागी हरदम प्रयत्नरत रहनुभएको छ । 
नेता ढकालले २०७२ को विनाशकारी भुकम्पले थिलथिलो बनाएको भुमिको बस्ती स्थानान्तरण देखी रसुवाली जनातालाई उक्त पिडाका वखत पु¥याउनु भएको योगदान प्रशंसायोग्य रहेको नागरिकहरुको भनाई रहेको छ । जिल्लाको विकास निर्माणदेखी अहिलेको कोरोना माहामारीमा नागरिकहरुको सुरक्षाको लागी उहाँको अहम भुमिका रहेको छ । 
नेता ढकालकै पहलमा जिल्लाको विभिन्न सडक स्तरोन्नतिका लागि  संघिय सरकार र प्रदेश सरकारको साझेदारीमा करोडौ रुपैया बिनियोजन भएको छ । उहाँको पहलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले ५५ करोड ५५ लाख ६५ हजार रूपियाँ बजेट विनियोजन भएको छ ।

रसुवा,  विनाशकारी भुकम्प, जनार्दन ढकाल


रसुवाको कालिका गाउपालिका अन्तर्गतको धारापानी–रुप्सेपानी–जिबजिबे–ज्याङल्याङ–मुडुल्ली भन्ज्याङ सडक स्तरोन्नती तथा धोबीखोला पुल निर्माणका लागि उक्त बजेट विनियोजन भएको हो । 
रसुवाको ग्रामीण कृषि सडक निर्माणकार्यका लागि  यति ठूलो बजेट पार्न सफल भएको यो पहिलो रहेको नेता ढकालले बताउनुभएको छ । उहाँको पहलमा सडक पुर्वाधारमा परेको बजेटको समुचित सदुपयोग गरी सुरक्षित सडक पुर्वाधार निर्माणका लागी नागकिहरुले सुझाव समेत दिएका छन् । 

२०७० सालको  संबिधानसभा निर्बाचनमा रसुवाबाट विजयी हुनुभएका नेता ढकाल २०७४ को प्रतिनिधी सभा निर्बाचनमा थोरै मतले पराजित हुनुभएको थियो ।