नेपालमा निको हुने दर बढ्दै, सक्रिय संक्रमित घट्दै

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ जेष्ठ २६, बुधबार

सक्रिय संक्रमित,कोरोनाभाइरस, पीसीआर, कोभिड–१९

'नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ४७ जनाको पीसीआर र ४५६८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३४४९ र ८९५ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट कूल ५ लाख ९८ हजार ८१३ जना संक्रमित फेला परेका छन् एन्टिजेन विधिबाट १६ हजार ८३९ संक्रमित फेला परेका छन् । कूल संक्रमितमध्ये पुरुष ६१.२ प्रतिशत रहेका छन् भने महिला ३८.९८ प्रतिशत छन् ।

यही अवधिमा थप ५ हजार ७६८ जना निको भएका छन् । नेपालमा निको हुने दर ८५.२ प्रतिशत रहेको छ । कूल संक्रमितमध्ये ५ लाख १० हजार २९८ जना निको भइसकेका छन् ।

पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुने संख्या बढिरहँदा सक्रिय संक्रमितको संख्यामा पनि कमी आइरहेको छ । हाल देशभर ८० हजार ३३६ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ७४ हजार ४३८ जना होम आइसोलेसनमा, ५ हजार ८९८ जना संस्थागत आइसोलेसनमा, १ हजार ३१२ जना आईसीयू तथा ३७५ जना भेन्टिलेटरमा रहेका छन् ।

कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेहरूमा ८१ थपिएका छन् । योसँगै नेपालमा हालसम्म ८ हजार १७९ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ को मृत्यु दर १.६ प्रतिशत रहेको छ । -रातोपाटीबाट