लकडाउनमा भोका लाई भोजन कार्यक्रम

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ जेष्ठ २८, शुक्रबार

लकडाउन, सुमन गिरी, भबानी देबकोटा, पाण्डे

युवानेता एवं तरुण दल नुवाकोटका सचिव सुमन गिरीको सक्रियतामा कोरोना महामारीपछि लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाउने अभियानमा चलिरहेको छ । लकडाउनमा भोका लाई भोजन कार्यक्रम नामक अभियाननै चलाएर वीपी युथ सर्कलले काठमाडौका्े बालाजु क्षेत्रमा गत एक हप्तादेखी दैनिक दुईपटक निःशुल्क खाना खुवाउने कार्यक्रम सञ्चालन भैरहेको छ । 
बिहान र बेलुकीको समयमा दैनिक ५ सय भन्दाधेरै समस्यामा परेका नागरिकहरुहरु खाना खुवाउदै आएको युवानेता गिरीले जानकारी दिनुभएको छ । वीपी युथ सर्कलले चलाएको भोकालाई भोजन नामक कार्यक्रममा बिभिन्न सामाजिक व्यक्तित्वहरुले सहयोग गर्दै आईरहेका छन् । यस उपकारी कार्यक्रममा नुवाकोट महिला संघका उपाध्यक्ष भबानी देबकोटा र संघका सदस्य अन्जु पाण्डेले पनि आर्थिक सहयोग गर्नुभएको छ । 


 

लकडाउन, सुमन गिरी, भबानी देबकोटा, पाण्डे


 भोकालाई भोजन कार्यक्रम लकडाउन अबधिभर सञ्चालन गरिने जनाईएको छ । लकडाउनको कारण गरिब असहायहरुको रोजिरोटी गुमेको अबस्थामा युवाहरुको आयोजनामा भएको  सराहनिय कार्यलाई बिभिन्न सामाजिक व्यक्तिहरुबाट सहयोग जारी रहेको छ । अघिल्लो बर्षको कोरोना माहामारीमा पनि युवानेता गिरीको सक्रियतामा नुवाकोटका विभिन्न स्थानका असहाय र गरिब नागरिकहरुलाई खाद्यान्न बितरण भएको थियो । 

लकडाउन, सुमन गिरी, भबानी देबकोटा, पाण्डे