तारकेश्वर गाँउपालिकाको उपाध्यक्ष संग छात्रवृत्ति कार्यक्रम प्रभावकारी बन्दै

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ जेष्ठ २८, शुक्रबार

तारकेश्वर गाँउपालिका, छात्रवृत्ति, उपाध्यक्ष, तारादेवी रिमाल

नुवाकोटको तारकेस्वर गाँउपालिकाले उपाध्यक्ष संग छात्रवृत्ति कार्यक्रम मार्फत विनियोजन गरेको रकम वितरण गरिरहेको छ । 
गाँउपालिका भित्र रहेका बिद्यालयहरुमा १ देखी १२ कक्षासम्म अध्ययन अतिविपन्न, टुहुरा र असहाय बिद्यार्थीहरुलाई रकम बितरण गरिएको गाँउपालिकाका उपाध्यक्ष तारादेवी रिमालले जानकारी दिनुभएको छ । शुक्रबार सम्ममा गाँउपालिकाको वडा नम्बर १, २ र ४ का बिद्यालयमा अध्ययनरत १ सय ७४ जना बिद्यार्थीहरुलाई उपाध्यक्ष रिमाल बिद्यालयमै पुगेर रकम बितरण गर्नुभएको गाँउपालिकाले जनाएको छ । वडा नम्बर ५ र ६ मा पनि सामाजिक दुरी कायम गरी, स्वास्थ्य मापदण्डको पालनागरी केहि दिनमै बितरण गरिने उपाध्यक्ष रिमालले जानकारी दिनुभएको छ । 
कोभिड महामारीको समयमा सामाजिक दुरी कायम गरी, स्वास्थ्य मापदण्ड अपनाएर उक्त रकम बितरण गरिएको हो । अध्ययनमा ब्रिद्यार्थीहरुको मनोबल बृद्धि गराउने, पढाईप्रति हौसला जगाउने र बिद्यालयप्रति बिद्यार्थीहरुलाई आकर्षण गराई शिक्षित समाज निर्माणको परिकल्पनाका साथ उपाध्यक्ष संग छात्रवृत्ति कार्यक्रम ल्याईएको उपाध्यक्ष रिमालले जानकारी दिनुभएको छ । 

तारकेश्वर गाँउपालिका, छात्रवृत्ति, उपाध्यक्ष, तारादेवी रिमाल

रकम बितरण गर्दे उपाध्यक्ष रिमाले अहिलेको महामारीको समयमा बिद्यालय बन्द रहेतापनि घरमै बसेर आफ्नो अध्ययनलाई निरन्तरता दिन बिद्यार्थीहरुलाई आग्रह गर्दै बिद्यार्थीहरुलाई उच्च मनोबलका साथ अध्ययनमा लगनशिल गराउनको लागी शिक्षहरुलाई निर्देशन दिनुभएको छ । उक्त कार्यक्रमको लागी गाँउपालिकाले १० लाख रुपैयाँ बिनियोजन गरेको थियो ।