८ कक्षापछि स्कुल छुटेकाहरुलाई सुवर्ण अबशर

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ जेष्ठ ३०, आईतबार

त्रिभुवन त्रिशुली माध्यमिक बिद्यालय, माध्यमिक बिद्यालय

८ कक्षापछि लामो समयसम्म बिद्यालय छुटाएर अध्ययन गर्न छोडेका बिद्यार्थीहरुलाई समेत समेट्ने गरी नुवाकोट, रसुवा र धादिङकै पुरानो विद्यालय त्रिभुवन त्रिशुली माध्यमिक बिद्यालयमा सबै कक्षा अङग्रेजी माध्यमबाट सञ्चालन गर्ने भएको छ । 
असार १ गतेदेखि सुरु हुने शैक्षिक सत्रमा सबै कक्षामा अङग्रेजी माध्यम समेत लागु गर्ने बिद्यालयले जनाएको छ । 
हाल कक्षा ५ सम्म अङग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएकोमा बिद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धिका लागी सबै कक्षामा अङग्रेजी माध्यमबाट पठनपाठन गराईने बिद्यालयले जनाएको छ । कक्षा ६ बाट ५ जना बिद्यार्थी मात्रै भएपनी अङग्रेजी माध्यमको कक्षा सञ्चालन गर्ने बिद्यालयका प्रधानाध्यापक महेन्द्र राउतले बताउनुभएको छ । 
भौतिक रुपमा पुर्बाधार बिकास भैसकेकोले कक्षा १ देखिनै दुई वटा सेक्सन बनाएर अङग्रेजी र नेपाली माध्यमबाट आधुनिक मल्टिमिडियाको प्रयोग गरी पठनपाठनको व्यवस्था गरिएको उहाँले बताउनुभयो । 
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नयिबन्द्रमान प्रधानले निजि बिद्यालयसँग प्रतिष्पर्धा गर्न नभई विद्यालय सुधार कार्यक्रम अन्तर्गत नयाँ कार्यक्रम सञ्चालन गर्न लागेको बताउनु भयो ।
गरिब तथा जेहेन्दार बिद्यार्थिहरुले अङग्रेजी माध्यमबाट पढ्न चाहेमा निशुल्क पढ्ने विद्यालयको ब्यबस्था नभएकाले त्रिशुली माविले नमुना बिद्यालयको रुपमा बिकास गरेको बताउनु भयो । निशुल्क रुपमा निजि बिद्यालयको भन्दा उत्कृष्ट शिक्षा प्रबाहमा त्रिभुवन त्रिशुली माध्यमिक बिद्यालय सक्षम रहेको उहाँको भनाई रहेको छ । 

त्रिभुवन त्रिशुली माध्यमिक बिद्यालय, माध्यमिक बिद्यालय


बिद्यालयले शिक्षकहरुसँग सम्झौतानै गरेर प्रत्येक बर्ष  बिद्यार्थिहरुकामे रिजल्टको आधारमा थप सुबिधा र कारबाहि समेत गर्ने ब्यबस्था गरेको छ । ब्यबस्थित प्रणाली र बैज्ञानिक ढङ्गबाट बिद्यालय सञ्चालन सुरु गरेकाले सबै निकायको सहयोग आबाश्यक रहेको बिद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले बताउनुभयो । 
नुवाकोट, रसुवा र धादिङ जिल्लाकै पहिलो बिद्यालयको रुपमा स्थापित त्रिभुवन त्रिशुली माध्यमिक बिद्यालय भौतिक पुर्बाधारले सम्पन्न हुने क्रममा रहेको छ । आवश्यक कक्षा कोठा र ल्याबहरुको उचित ब्यबस्थापन भैसकेको बिद्यालयले जनाएको छ । नमुना बिद्यालयको रुपमा केन्द्र सरकारबाट आउने अनुदान रकमले बिद्यालयमा अङग्रेजी माध्यम लागु गर्न लागेको हो ।

नमुना बिद्यालयको रुपमा छनौट भएका नेपालभरमा १९ बिद्यालय मध्ये त्रिभुवन त्रिशुली माध्यमिक बिद्यालयलाई बार्षिक ५० लाख रुपैयाँ थप अनुदान आउने गरेको छ ।

त्रिभुवन त्रिशुली माध्यमिक बिद्यालय, माध्यमिक बिद्यालय