तारकेस्वरमा युवा लक्षित कार्यक्रमहरु प्रभावकारी, तालिमपछि सक्षम बन्दै  महिलाहरु

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ असार १२, शनिबार

तारकेश्वर गाँउपालिका, तारादेवी रिमाल, पञ्जेवाजा, नुवाकोट

नुवाकोटको तारकेश्वर गाँउपालिकाले महिलाहरुकोे आयआर्जमा बृद्धि गराई उनीहरुलाई लघुउद्यमी बनाउने उदेश्यले विभिन्न तालिमहरु सञ्चालन गरी प्रबिधि हस्तान्तरण गरेको छ । गाँउपालिकाका उपाध्यक्ष तारादेवी रिमालको अगुवाईमा वडा नम्बर १ मा ३ महिने सिलाईकटाई आधारभुत तालिम सम्पन्न भएको छ । 
तालिम पश्चात ८ जना महिलाहरुलाई सिलाई मेसिन र ७ जनालाई सिलाईको लक मेसिन हस्तान्तरण गरिएको छ । तालिममा लोप हुन लागेको तामाङ संस्कृति झल्कने झोला, फेटा, रुमाल, स्यामालगायतका सामग्रीहरु बनाउन महिलाहरुलाई दक्ष बनाइएको गाँउपालिकाका उपाध्यक्ष रिमालले जानकारी बताउनुभएको छ । 
यसैगरी गाँउपालिकाले युवा पुस्तालाई समेटेर लोप हुँदै गएको दलित समुदायको पञ्जेवाजालाई संरक्षण र सम्बद्र्धन गर्नको लागी तालिम दिई प्रबिधिहरु हस्तान्तरण गरेको छ । 
वडा नम्बर ३ तारुकामा बसोबास गर्दे आएका दलित समुदायलाई लक्षित गर्दै पहिचान झल्कने पञ्चेवाजाको संरक्षण र युवापुस्तालाई त्यसतर्फ आकर्षण गराउने उद्धेश्यका साथ तालिम पश्चात पञ्चेवाजा प्रविधि हस्तान्तरण गरिएको उपाध्यक्ष रिमालले बताउनुभएको छ । 
उपाध्यक्ष रिमालका अनुशार गाँउपालिकाको विभिन्न वडाहरुमा महिलाहरुकोे आयआर्जनमा बृद्धि गराई आफैमा निर्भर बनाउने उद्धेश्यले उद्यमी महिलाहरुलाई बाख्रापालन तालिमका साथै बाख्रा वितरण र दलित समुदायलाई आधुनिक आरन तालिम र  प्रबिधि बितरण कार्यक्रमहरु रहेको बताउनुभएको छ । 

तारकेश्वर गाँउपालिका, तारादेवी रिमाल, पञ्जेवाजा, नुवाकोट

तालिम पश्चात आफुले सिकेको सिपलाई व्यबहारमा लागुगरी आयआर्जन बृद्धि गराई सबल र सक्षम बन्न हौसला मिलेको तालिममा सहभागि महिलाहरुको भनाई रहेको छ । गाँउपालिकाले युवापुस्तालाई लक्षित गरी आफैमा सक्षम र आत्मनिर्भर बनाउन गरिएको कार्यक्रमहरु प्रभावकारी बन्दै गएको उपाध्यक्ष रिमालले बताउनुभएको छ । आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै युवापुस्ता आकर्षित हुने आधुनिकस्तरको कार्यक्रमहरुमा जोड दिदै जाने उपाध्यक्ष रिमालले प्रतिबद्धता जनाउनुभएको छ ।

तारकेश्वर गाँउपालिका, तारादेवी रिमाल, पञ्जेवाजा, नुवाकोट