ककनी गाँउपालिकाको प्रशासनिक भवन शिलान्यास 

प्रभा ढुङ्गाना
प्रभा ढुङ्गाना

२०७८ श्रावण १, शुक्रबार

ककनी गाँउपालिका, हितबहादुर तामाङ, भवन

नुवाकोटको ककनी गाँउपालिकाले प्रशासनिक भवनको शिलान्यास गरेको छ । 
प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङले भवनको शिलान्यास गर्दै स्थानिय तहलाई बलियो बनाउने आधारको रुपमा पालिकाको प्रशासनिक भवन रहेको बताउनुभएको छ ।  स्थानिय तहको पुनःसंरचना पछि घरघरमा आएको सिंहदरबारलाई भौतिक रुपले सुसम्पन्न बनाउने अभियानमा बर्तमान सरकार रहेको उहाँले बताउनुभएको छ ।  
ककनी गाँउपालिकाको वडा नम्बर ४ रानिपौवामा पालिकाको प्रशासनिक भवनको शिलान्यास भएको गाँउपालिका अध्यक्ष मानबहादुर लामाले जानकारी दिनुभएको छ । गाँउपालिकाको प्रशासनिक भवन निर्माणको लागी गाँउपालिकाको आन्तरिक श्रोतबाट ९ करोड ५ लाख रुपैयाँ खर्चिने भएको छ । भवन निर्माणको ककनी गाँउपालिकाले गाँउ सभाबाट बजेट सुनिस्चित गर्दै निर्माण कार्य अगाडी बढाएको ककनी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र नेपालले जानकारी दिनुभएको छ ।  
भवन निर्माणको लागी गाँउपालिकाले काठमाडौ महानगरपालिकासँग सहयोगको अपेक्षा समेत गरेको अध्यक्ष लामाले बताउनु भएको छ । 

ककनी गाँउपालिका, हितबहादुर तामाङ, भवन