किस्पाङ गाउँपालिकाद्धारा त्रिशुली अस्पताललाई १० लाख रुपैयाँ सहयोग 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ श्रावण ४, सोमबार

किस्पाङ गाउँपालिका,  त्रिशुली अस्पताल

नुवाकोटको किस्पाङ गाउँपालिकाले जिल्ला त्रिशुली अस्पताललाई १० लाख रुपैँया आर्थिक सहयोग गरेको छ ।
नुवाकोटमा कोरोना संक्रमणको तेश्रो भेरियण्ट पुष्टि भएसँगै बालबालीकाहरुको लागी छुट्टै आईशियु कक्ष स्थापनाको लागी किस्पाङ गाँउपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराएको हो । यस भन्दा अगाडीनै किस्पाङ गाँउपालिकाले त्रिशुली अस्पतालमा कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागी १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसै अनुरुप गाँउपालिकाले अहिले अस्पताल बिकास समितिलाई १० लाख रुपैयाँ प्रदान गरेको किस्पाङ गाँउपालिकाका अध्यक्ष छत्र लामाले जानकारी दिनुभएको छ ।  
त्रिशुली अस्पतालमा अहिले २० कक्षको आइसियु वार्ड रहेको छ । कोरोना संक्रमणको तेश्रो लहर जिल्लामा पुष्टि भएकाले अस्पताललाई थप उपकरण खरिद तथा नयाँ आईशियु कक्ष स्थापनाको लागी रकम अभाब रहदै आएको थियो ।

 

 

सिमित श्रोत तथा साधन रहेको ५० शैयाको त्रिशुली अस्पतालले अहिले ७० कक्षको कोभिड वार्ड सञ्चालन गर्दै आएको छ । यसका साथै थप ५० बेडको जनरल वार्ड समेत सञ्चालन गर्दै आएको त्रिशुली अस्पताल बिकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिनुभएको छ ।  
कोभिड नियन्त्रण, व्यवस्थापन र उपचारको लागि अस्पतालले अत्यन्त राम्रो भुमिका खेलेको हुदाँ प्रोत्साहनस्वरुप र कार्यसम्पादनमा सहजताका लागी किस्पाङ गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतबाट सहयोग गरेको गाँउपालिका अध्यक्ष छत्र लामाले बताउनु भयो । 
अध्यक्ष लामाको नेतृत्वमा किस्पाङ गाउँपालिकामा कोरोनाको सम्भावित जोखिम न्युनिकरणका लागी ४० वटा अक्सिजन सिलिन्डर र १० बेडको आइसोलेसन केन्द्रको व्यवस्थापन गरिएको छ ।