जिल्ला दररेट निर्धारण समितिले ज्याला मजदुरी गर्नेको पारिश्रमिक बढायो 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ श्रावण ४, सोमबार

ज्याला मजदुरी, पारिश्रमिक, जिल्ला दररेट निर्धारण समिति

नयाँ आर्थिक वर्ष शुरु भएसँगै जिल्ला दररेट निर्धारण समितिले मजदुरको ज्यालामा हेरफेर गरेको छ । 
जिल्ला प्रशासन कार्यालय अन्तर्गतको समितिले बजार महँगी बढ्दै गएपछि दैनिक ज्याला मजदुरी गर्नेको पारिश्रमिक बढाएको हो । समितिले निर्धारण गरेको दररेटअनुसार अब सरकारी काममा खटिने मजदूरको दैनिक ज्याला  ६० रुपैयाँ  बढेको छ ।
आर्थिक ऐनअनुसार ५ प्रतिशतसम्म मजदूरको ज्याला बढाइएको हो । निजी तथा गैरसरकारी संघसंस्थामा दैनिक ज्याला मजदूरी गर्नेको पारिश्रमिक पनि बढेको छ । अब दक्ष डकर्मी, सिकर्मी, चित्रकार र पेन्टरको ज्यालामा  ६० रुपैयाँ बढेको छ । यसअघि दैनिक रु १२ सय पाउने मजदुरले अबदेखि १२ सय ६० रुपैयाँ पाउनेछन् । निर्धारित दररेटअनुसार अब दक्ष कामदारहरुले १२ सय ६० रुपैयाँ प्रतिदिन पाउने छन् । 
यससँगै अर्ददक्ष कामदारहरुले ८ सय रुपैयाँ र सिकारु अदक्ष कामदारहरुले ७ सय ६५ रुपैयाँ जिल्ला दररेट कायम भएको छ । 
यस्तै, ज्यामी, भरिया, ज्यामी नाईके, जुनियर अपरेटर, उत्प्रेरक, हेभी हेल्पर, सर्भे हेल्पर, अवाले, ईट्टा वनाउने, क्याम्पर वर्कर, साधारण हेल्पर, ल्याव व्वाय र नर्सरी नाईकेले दैनिक ७ सय ६५ रुपैयाँ पाउनु पर्ने जिल्ला दररेट निर्धारण भएको छ । 
यस्तै, जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्बजानिक गरेको नयाँ दररेट अनुसार मौसम रेकर्डर, हेरालु, माली, चौकीदार, पियन, पाले लगायतका कामदारहरुले दैनिक ५ सय २५ रुपैयाँ पाउने छन् । 
आर्थिक बर्ष ७८÷७९ को लागी रक डिलर, हेभी ड्राईभर, वेल्डर, प्लम्वर, बिष्फोटक पदार्थ ढुवानी गर्ने ज्यामि, डकर्मी, नकर्मी, सिकर्मी, चित्रकारी, हेभी सिनियर अपरेटर, कम्प्युटर अपरेटरले दैनिक  १२ सय ६० रुपैयाँ पाउने कायम भएको छ । यो अघिल्ल्लो आर्थिक बर्षको भन्दा ५ प्रतिशतले बृद्धि गरि १२ सय ६० रुपैयाँ पु¥याएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । 
 

ज्याला मजदुरी, पारिश्रमिक, जिल्ला दररेट निर्धारण समिति

जिल्ला प्रशासन कार्यालय नुवाकोट अन्तर्गतको जिल्ला दररेट निर्धारण समितिको बैठकले मजदूरको हकमा २६ दिनसम्म काम गरेको खण्डमा एक महिना मान्नुपर्ने निर्णय गरेको छ । मजदूरले २६ दिनमात्रै काम गरे पनि एक महिनाको पारिश्रमिक उपलब्ध गराउनुपर्नेछ । 
जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले नेपाल सरकारको आर्थिक ऐनअनुसार सरकारी क्षेत्रका काम गर्ने मजदूर र निर्माण सामग्रीको हकमा मूल्य निर्धारण गरिएको बताउनुभयो । 
समितिले निर्धारण गरेको दररेटअनुसारै जिल्लामा कारोवार हुनेछ । आफूखुशी बजार मूल्य तोक्ने र मजदूरलाई कम ज्याला दिएर शोषण गर्नेलाई कानूनबमोजिम कारवाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनु भयो । मूल्य निर्धारण समितिले अधिकांश निर्माण सामग्रीको मूल्य गत वर्षकै तुलनामा केहि बृद्धि मात्रै गरेको छ । 
सामान्य मुल्य बडाएर नयाँ जिल्ला दररेट निर्धारण गरेको छ । समितिले जिल्ला भित्र लागु हुने सबै बिषयमा दररेट निर्धारण गरि सकेको छ । प्रशासन कार्यालय नुवाकोटले निर्धारण गरेको दररेट अनुसारनै नुवाकोटमा कार्यान्वयन हुने बताईएको छ ।