नुवाकोट कोरोना अपडेट : ५१ थपिए, ३४ संक्रमण मुक्त भए

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ श्रावण ५, मंगलबार

कोरोना अपडेट, नुवाकोट, संक्रमण, संक्रमित

 नुवाकोटमा पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् भने ५१ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ हजार ७ सय ४ जना पुगेको छ । 
पछिल्लो २४ घण्टामा भेटिएका ५१ जना संक्रमितमध्ये विदुर नगरपालिकाका १८ जना रहेका छन् । यस्तै बेलकोटगढी नगरपालिकाका ८ जना रहेका छन् । 
त्यस्तै तारकेश्वर गाउँपालिकामा ११, ककनी र किस्पाङ गाँउपालिकामा समान ४÷४ जना ब्यक्तिमा संक्रमण पुष्टि भएको त्रिशुली अस्पताल नुवाकोटमा रहेको पिसिआर प्रयोगशालाले जनाएको छ । यस्तै, शिबपुरी, लिखु, दुप्चेश्वर र म्यागङ गाँउपालिकामा समान १÷१ जना संक्रमित थटपिएका छन् । यता नुवाकोटको तादी गाँउपालिकामा २ जना संक्रमित थपिएका छन् । 
स्वास्थ्य कार्यालयको पछिल्लो तथ्याङक अनुसार नुवाकोटमा ५ सय ४८ जना शक्रिय कोरोना संक्रमितहरु रहेका छन् । बिदुर नगरपालिकामा २ सय ११, बेल्कोटगढी नगरपालिकामा ६६, ककनी गाँउपालिकामा  ४५, सुर्यगढी गाँउपालिकामा १२, लिखु गाँउपालिकामा ३७, शिबपुरी गाँउपालिकामा २० जना संक्रमित रहेको तथ्याङ्क रहेको छ । 
यस्तै, पञ्चकन्या गाँउपालिकामा २५, दुप्चेश्वर गाँउपालिकामा १२, तादी गाँउपालिकामा २८, किस्पाङ गाँउपालिकामा २०, म्यागङ गाँउपालिकामा ९, तारकेश्वर गाँउपालिकामा ६३ जना शक्रिय संक्रमित रहेको बताईएको छ । उनिहरु मध्ये ४३ जना त्रिशुली अस्पताल नुवाकोटमा, १२ जना स्थानिय तहले निर्माण गरेको संस्थागत आईसोलेसन सेन्टरमा र ४ सय ९३ जना होम आईसोलेसनमा रहेका छन् । 
नुवाकोटमा हाल सम्म २२ हजार १ सय १८ जनाको स्वाब परिक्षण भएको छ । उनिहरु मध्ये ६ हजार २ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकाहरु मध्ये हाल सम्म ५ हजार ७ सय ४ जना संक्रमण मुक्त भैसकेका छन् । 
कोरोना संक्रमण सुरुवाती अबस्था देखि अहिले सम्म सबैभन्दा धेरै बिदुर नगरपालिकामा संक्रमितहरुको पहिचान भएको छ । बिदुर नगरपालिकामा २ हजार ३ सय ६२ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै, बेल्कोटगढी नगरपालिकामा ५ सय ६७ जना, ककनी गाँउपालिकामा  ३ सय ७ जना, सुर्यगढी गाँउपालिकामा ३ सय ९८ जना, लिखु गाँउपालिकामा ३ सय ३८ जना, शिबपुरी गाँउपालिकामा २ सय ४१ जना, पञ्चकन्या गाँउपालिकामा १ सय ७८ जना, दुप्चेश्वर गाँउपालिकामा २ सय ४५ जना, तादी गाँउपालिकामा ३ सय ३५ जनामा सक्रमण पुष्टि भैसकेको छ । 
यस्तै, किस्पाङ गाँउपालिकामा ४ सय २८ जना, म्यागङ गाँउपालिकामा १ सय ५१ जना र तारकेश्वर गाँउपालिकामा ७ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ । उनिहरु मध्ये अधिकाँस कोरोनामुक्त भैसकेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।