सन्जुको तिज गित “धुरुधुरु रुवायो” सार्बजनिक

रविन दाहाल
२०७८ श्रावण ६, बुधबार

चर्चित लोकदोहोरी गायिका सन्जु न्यौपानेको तिज गित “धुरुधुरु रुवायो” को म्युजिक भिडियो सार्बजनिक भएको छ । चर्चित लोक तथा दोहोरी गीतहरु चादी कहाँ होला, लाहुर, दर खान, दायाँबायाँ, यसपाली तिजमा म घर आउछु जस्ता धेरै गितहरुमा आफ्नो जादुमय आवाज दिईसकेकी गायिका सन्जुले गतबर्ष जस्तै यसबर्षपनि नेपाली महिलाहरुको महान चाड हरितालीका तीजलाई लक्षित गर्दै “धुरुधुरु रुवायो” नामक गितको म्युजिक भिडियोलाइ भर्खरै सार्बजनिक गरेकी हुन् । उक्त म्युजिक भिडियो उहाँले आफ्नै युट्युव च्यानल Sanju Neupane मार्फत सार्बजनिक गरेकी छन् । गितमा तिजमा माईत जान नपाएका चेलीहरुको व्यथाका साथै महिला दिदिबहिनीको कथाव्यथालाई उदृत गरिएको छ ।
२ साता अघि छायांकन गरिएको “धुरुधुरु रुवायो“ मा शिब हमालको शब्द तथा संगीत रहेको छ । भिडियोलाई कमल भक्त र जेरी भण्डारीले निर्देशन गरेका छन् भने म्युजिक भिडियोमा मोडल निशु न्यौपाने, गायिका तथा मोडल सन्जु न्यौपाने र जोन बि.मल्ललाई प्रमुख भुमिका मा देख्न सकिन्छ ।