पञ्चकन्या गाँउपालिकाको ५३लाख रुपैयाँ चोरले पचाएरै छोड्ला त ? 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ श्रावण ११, सोमबार

पञ्चकन्या गाँउपालिका, ५३लाख रुपैयाँ, माओवादी केन्द्र

पञ्चकन्या गाँउपालिकाको वडा नम्बर २ को सामाजिक सुरक्षा भत्ता चोरीको बिषयमा माओवादी केन्द्र पञ्चकन्याले ध्यानाकर्षण गराएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयलाई गराईएको ध्यानाकर्षणमा अति अशक्त, जेष्ठ नागरिकलगायत पिडित समुदायलाई सामाजिक सुरक्षा भत्ता तत्काल बितरणको लागी बैकल्पिक व्यवस्थाको माग गरिएको छ । 
चोरी भएको ४ महिना बितिसक्दा पनि प्रहरी प्रशासनले पछिल्लो समयमा चासो नदिदा चोर उम्किन सक्ने भन्दै स्थानियहरु आन्दोलित हुँदै आएका छन् । 
गत चैत्र  २४ गते राती चोरी भएको  ५३ लाख रुपैयाँ ४ महिना बितिसक्दा पनि प्रहरीले चोरी गर्ने व्यक्ती अझै पत्ता लगाउन सकेको छैन । 
ध्यानाकर्षण पत्रमा उक्त चोरी प्रकरणमा वडाकै कर्मचारीको स्पष्ट संलग्नता रहेको सिसिटिभी फुटेज प्रहरी प्रशासनकै साथमा भएपनि अनुसन्धानमा फितलो प्रयास भैरहेकोले प्रहरी प्रसासनको अनुसन्धानबाट अन्य कोहि दोषी भए पत्ता लगाउने कार्य गराउन सम्बन्धित निकायलाई निर्देशनको व्यवस्था मिलाउनको लागी गृह मन्त्रालयलाई आग्रह गरिएको छ । 
ध्यानाकर्षण पत्रमा वडा अध्यक्ष धु्रबकुमार मिश्र र कार्यालय सहायक राकुमार गिरी बिच पटक÷पटक विवादास्पद अभिव्यक्तिहरु आईरहेकोले वडा अध्यक्ष मिश्रलाई पनि अनुसन्धानको दायरमा ल्याउनको लागी माग गरिएको छ ।
माओवादी केन्द्र पञ्चकन्याका अध्यक्ष मिनबहादुर खत्रीद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा घटनाको सत्यतथ्य पत्ता लगाउने गरी थप अनुशन्धानको लागी नेपाल सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनको लागी गृह मन्त्रालयलाई आग्रह गरिएको छ ।    

 

पञ्चकन्या गाँउपालिका, ५३लाख रुपैयाँ, माओवादी केन्द्र

ध्यानाकर्षण पत्रमा उल्लेख भएअनुशार चोरी घटनाको पुष्ठभुमि, सिसिटिभी क्यामरामा कैद भएको दृष्यमा वडाकै कर्मचारीको संलग्नता भएको स्पष्ट हुँदाहुँदै पनि कारबाहिको दायरमा नल्याई दोषीलाई खुलेआम छोड्नाले प्रहरीको अनुसन्धान र विस्वसयितामा  आमनागरिकहरुले शंका गरिरहेका छन् । 
घटनामा संलग्न व्यक्तिहरुको आफन्त देशको उच्च ओहोदामा रहेकाले प्रहरीलाई दबाबमा पार्दै घटना ढिसढिस बनाउने तयारी समेत भैरहेको गाँईगुई हल्ला सुनिरहेको एक स्थानियले बताउनुभयो ।  

पञ्चकन्या गाँउपालिका, ५३लाख रुपैयाँ, माओवादी केन्द्र