नुवाकोटमा खोला दुहुनेहरु सलवलाए

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ श्रावण १८, सोमबार

खोला, अबैध नदी उत्खनन, क्रसर, नदी उत्खनन, झंकनाथ ढकाल

तस्विरहरु ; त्रिशुली नदि किनारमा उत्खनन गरेर थुपारिएका बालुवाका पहाडहरु

विदुर । नुवाकोटमा जहिल्यै चर्चाको बिषय बन्ने अबैध नदी उत्खनन यसबर्ष पनि लुकीचोरी सुरु भैइरहेको छ । असार, साउन र भदौ ३ महिना नदिमा मेसिन प्रयोग गर्न नपाईने नियम बिगतका बर्षहरुको जस्तै यसबर्ष पनि छ । दिनको समयमा ओल्टेकोल्टे बनाएर छहारी मुनी लुकाएर राखिएका स्काभेटरहरु प्रयोग गरी रातको समयमा उत्खखन भैरहँदा पनि नियामक निकायहरु मुकदर्शक छन् ।
नदी किनारमा पहाड झै बनेर थुप्रिएका बालुवाका टाकुरा दैनिक बढ्न थालेको छ । स्टक माल भनेर देखाउने तर स्टक बेच्दा घट्नुपर्नेमा झन्झन बढ्दै गइरहेको छ । नियामक निकायहरु जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र प्रहरीलाई असार महिना भन्दा अगाडी झिकिएको स्टक माल भनेर ‘झुक्याउने’ गरिएको छ । उनीहरु पनि ‘झुक्के जस्तो’ गर्छन् । 

खोला, अबैध नदी उत्खनन, क्रसर, नदी उत्खनन, झंकनाथ ढकाल

जवकी बैशाखदेखी पुर्णरुपमा देश नै लकडाउन भैसकेको थियो । लकडाउनको समयमा वालुवा ढुवानीमा नुवाकोटमा रोक लगाईएको थिएन । तर उत्खननमा भने रोक लगाईएको थियो । कोरोनाको समयमा उत्खनन नहुनु, बालुवा ढुवानीलाई रोक नलगाईनुले स्टक माल सकिनुपर्नेमा झन पहाडिदै जानुले पनि नियामक निकायप्रति नागरिकहरको शंका बढ्दै गएको छ । 
त्रिशुली नदीको बुनिबेसीदेखी कोल्पुटारसम्ममा दर्जनौ स्थानमा उत्खनन गरिएर खोला किनारमा राखिएका वालुवाका पहाडहरु देख्न सकिन्छ भने तादी खोलाको सातबिसे, आप्रह, चौघडा, ढिकुरेलगायतका स्थानको खोला किनारमा अबैध रुपमा उत्खनन गरिएका वालुवाका पहाडहरु थुप्रिदै गएका छन् । यस्तै लिखु खोलाको किनार  पनि अछुतो रहेको छैन ।
यसअघिका बर्षहरुमा खोला उत्खननकै लागी सहज बनाउन आफु ईतरका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारी नुवाकोट ल्याउने चलन थियो । यसबर्षपनि अघिल्लो समयका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले गरेको कडाईका कारण खोला उत्खनन गर्न नपाएपछि उत्खननकै लागी सहज बनाईदिने प्रमुख जिल्ला अधिकारी नुवाकोट ल्याईएको बताईन्छ । अघिल्लो बर्ष प्रहरी प्रमुखले सहजता मिलाएको तर सिडियोका कारण असहजता भएकाले खोला उत्खननमा सहज बनाउन यसबर्ष प्रहरी प्रमुख र सिडियो दुवैजना सकारात्मक देखिएको कार्यशैलीले बताउदै आएको नागरिकहरुको दावी छ । 

खोला, अबैध नदी उत्खनन, क्रसर, नदी उत्खनन, झंकनाथ ढकाल


नुवाकोटमा नियामक निकायकै सहयोग र संरक्षणमा अबैध क्रसरहरु संचालन भैरहेका छन् । खानी तथा खनिज पदार्थ ऐन २०४२ र नियमावली २०५९ र उत्खनन गर्न आबश्यक शर्तहरु पुरा गर्नुपर्ने र वाताबरण संरक्षण ऐन २०५३ को दफा ३ अनुसार वाताबरण प्रभाव मुल्याङ्कन (आइइ) अनिवार्य गर्नुपर्ने मापदण्ड रहेको छ । तर, नुवाकोटमा उक्त मापदण्ड विपरितमा सञ्चालित क्रसरहरु सञ्चालनको लागी नियामक निकायनै लागी परेर सञ्चालनमा ल्याएका छन् । त्रिशुली तादी र लिखु खोलामा रहेका यसअघि मापदण्ड नपुगेर बन्द गराइएका क्रसरहरु धमाधम चलिरहेका छन् । 

खोला, अबैध नदी उत्खनन, क्रसर, नदी उत्खनन, झंकनाथ ढकाल