रसुवाली चेली रियाको तिज गित “बिर्सेको छैन बरिलाई” सार्बजनिक

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ श्रावण २६, मंगलबार

बिर्सेको छैन बरिलाई, रिया घले, रामजी खाँड, करिश्मा ढकाल

चर्चित गायिका रिया घलेको तिज गित “बिर्सेको छैन बरिलाई” को म्युजिक भिडियो सार्बजनिक भएको छ । गितमा रिया घले र चन्द्र शर्माको आवाज रहेको छ । चर्चित लोक तथा दोहोरी गीतहरु जारको पानीले, सालैजो गोठाले दाई, दिलमाया, मायाको जालैमा, पञ्चेवाजा गित कहाँ जाने होला, तिज गित स्वामी ज्यूको उपहारजस्ता धेरै गितहरुमा आफ्नो जादुमय आवाज दिईसकेकी  गायिका घलेले यसबर्ष पनि नेपाली महिलाहरुको महान चाड हरितालीका तीजलाई लक्षित गर्दै “बिर्सेको छैन बरिलाइ” नामक गितको म्युजिक भिडियोलाइ भर्खरै सार्बजनिक गरेकी हुन् । उक्त म्युजिक भिडियो उहाँले आफ्नै युट्युव च्यानल Riya Ghale मार्फत सार्बजनिक गरेकी छन् । गितमा तिजमा माईत जान नपाएका चेलीहरुको व्यथाका साथै महिला दिदिबहिनीको कथा व्यथालाई उदृत गरिएको छ । रसुवा जिल्ला स्थायि घर भएकी घलेलाई नुवाकोट र रसुवा जिल्लाकै चेलीको नामले पनि चिनिन्छ । 
केहि समय अघि छायांकन गरिएको “बिर्सेको छैन बरिलाइ” मा जय देवकोटाको लयशब्द तथा संगीत रहेको छ । म्युजिक भिडियोमा मोडलमा रामजी खाँड र करिश्मा ढकाललाइ प्रमुख भुमिकामा देख्न सकिन्छ ।